दशैका लागि पोखरा भित्रीएका च्याङ्गराको मूल्य उकासिदो रोजुवाको ४५०००
  • प्रमुख खबर

पोखरा ।।

नेपालीहरूको महान पर्व वडा दशै सबैको घर आगनमा आई रहेको छ । यस संगै सबै जना आफ्नो गाउँ घर तिर जानेको लर्को बाक्लै देखिन्छ । दशैमा किनमेल गर्ने क्रम उतिकै बढेकाले बजारमा मानिसको खचाखच
अटाई नसक्नु छ । कोभिड १९ ले गर्दा देशको अर्थतन्त्रमा ह्रास आए संगै हरेक खाध बस्तुको बजार मूल्य भाऊ उकालो लाग्दो छ । त्यसरी नै दशैका लागी पोखरा भित्रीएका च्याङ्गरा पोहोर भन्दा अहिले महङ्गो पर्ने भएको छ । यसपालि पनि चिनबाट च्याङ्गरा नभित्रीए पछी अहिले बजार भाउले उकालो लागेको रोल्पाका दत्त बुढा बताऊनु हुन्छ ।                             

पोखरा लगाएत अन्य जिल्लामा पनि दशैको बेलामा भेडा च्याङ्गराको मासु बढी मात्रामा किनमेल हुँदै आएको छ ।  दशैको बेलामा पोखराका अधिकांश मानिसहरूले भेडा च्याङ्गरा नै किन्ने गर्छन् । भने पोखरामा हिमाल पारीको जिल्ला मुस्ताङ, मनाङ र रोल्पा,डोल्पा लगाएत विभिन्न जिल्लाबाट भेडा च्याङ्गरा आउछन् ।                                                 

च्याङ्गरा ल्याउन निकै गार्‍हो छ गाडीमा ल्याउदा मर्ने सम्भावना बढी हुने र हिडेर ल्याउदा ३, ४ दिन लाग्ने बुढाले बताउनु  भयो । बाटोमा  ल्याउदा घाम पानी नभनी ल्याउनु पर्छ । कति त हराउँछ पनि अहिले हामीले खरीद गर्दानै पोहोर भन्दा महङ्गो पर्यो । अहिले रोजुवा च्याङ्गराको मूल्य ४५००० – ५०००० पर्ने भएको छ ।   

 

तपाईको प्रतिक्रिया दिनुहोस्