पोखरा ।।
मनकामना महिला विकास सहकारी संस्था लि. को २५औ साधारण सभा कार्यक्रम सम्पन्न भएको छ । संस्थाका अध्यक्ष भगवती अधिकारीको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि गण्डकी प्रदेश, रजिस्ट्रार कार्यालयका शाखा अधिकृत शोभाकान्त वाग्ले रहनु भएको थियो ।
कार्यक्रममा वडा न १ का वडाध्यक्ष सहारा प्रधान , समावेशी बचत तथा ऋण सहकारी संस्था लि का सीता गुरुङ , सामुदायिक सेवा केन्द्र बगरका अध्यक्ष राम अधिकारी ,तारापुन्ज एजुकेसन एकेडेमीका व्यवस्थापन समितिका अध्यक्ष राजु अधिकारी , संस्थापक अध्यक्ष विजया अधिकारी लगायतको उपस्थिति रहेको थियो । कार्यक्रममा शुभकामना आदानप्रदान समेत गरिएको थियो ।
कार्यक्रममा ज्येष्ठ नागरिक पार्वती उपाध्याय , असल ऋणीको रूपमा गङ्गा पौडेल तथा माध्यमिक तहमा ३.७० जि पि ए ल्याउन सफल शेयर धनी सरीता पोख्रेलका छोरा रिदेश पोख्रेल सम्मानित हुनुभएको थियो । संस्थाका ७५% शेयरधनीको गरिमामय उपस्थितिमा सम्पन्न उक्त कार्यक्रमको संचालन सचिव सुनिता देवकोटाले गर्नु भएको थियो ।