माछापुच्छ्रे गाउँपालिका वडा न २ ले जेष्ठ नागरिक एकल विदुवा सामाजिक सुरक्षा भत्ता वडाबाटै वितरण गर्यो
माछापुच्छ्रे गाउँपालिका वडा न २ ले जेष्ठ नागरिक एकल विदुवा पुर्ण तथा आङशिक अपांगलाई वितरण गर्नुपर्ने सामाजिक सुरक्षा भत्ता वडाबाटै वितरण गरिएको छ । स्थानिय सरकार आएपछि सेवाग्राहीले सास्ती भोग्न नपरोस् भन्ने मुख्य उदेश्यका साथ सामाजिक सुरक्षा भत्ता वडा बाटै वितरण गरिएको हो ।
यो सेवाले काभ्रे ,चौरा , भराभरी, च्याङ्लुङ , मेप्राङ , घलेखर्क , खैमर्याङ, खादरजुन ,भुर्जुङ्खोलाका वासिन्दामा खुसियाली छाएको छ। वडा वडाको भत्ता वितरण कार्यमा लामाचौरको एन.एम वि बैङ्कले सहयोग गरेको छ । नयाँ आर्थिक वर्षमा उक्त वडामा १ करोड १ लाख बजेट आएको थियो ।
सो बजेट शिक्षा ,स्वास्थ , खानेपानी ,पुर्वाधारमा खर्छ गरिने छ भने हालै वडामा आउने मुल बाटो हाइड्रोपावर मार्फत वाटो बनाउन पहल गरिने र एक्याप सङ्ग समन्वय गरि प्राकृतिक स्रोत साधनको वातावरणलाई क्षति नपुग्ने गरि निकास को वातावरण मिलाञे काम भइरहेको माछापुच्छ्रे गाउँपालिका वडा २ का वडाअध्यक्ष गणेश आचार्यले बताउनुभयो ।