राष्ट्रिय परीक्षा बोर्डद्धारा कक्षा १२ को ग्रेड वृद्धि परीक्षाको केन्द्र सार्वजनिक
  • प्रमुख खबर

पोखरा ।

राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालयले कक्षा १२ को ग्रेड वृद्धि अर्थात पूरक परीक्षाको केन्द्र सार्वजनिक गरेको छ । परीक्षा नियन्त्रण कार्यालयले गत जेष्ठ १६ देखि २५ गतेसम्म संचालन गरेको परीक्षामा नन ग्रेड ल्याएका विद्यार्थीको ग्रेडवृद्धि पूरक परीक्षाको लागि परीक्षा केन्द्र तोकेको हो ।

परीक्षा यही आश्विन ३० र ३१ गते संचालन हुँदैछ । बोर्डको नतिजा अनुसार १ लाख ८८ हजार ४ सय १० जना विद्यार्थीहरुले नन ग्रेड ल्याएका मध्ये ग्रेड वृद्धि दिन पाउने र १ लाख ३० हजार ८ सय ७८ जनाले दिन पाउने कार्यालय जनाएको छ ।

परीक्षामा नियमिततर्फ ३ लाख ६३ हजार १ जना, ग्रेडवृद्धितर्फ ३० हजार ४५ जना र आंशिकतर्फ ३ हजार १ सय ३२ जना गरी ३ लाख ९६ हजार १८५ जना सहभागी भएका थिए ।

 

 

तपाईको प्रतिक्रिया दिनुहोस्