आश्विन–१८
आणविक हतियारको भण्डारण भएको उत्तर कोरियाले जापानमा मिसाइल प्रहार गरेको छ । जापानको होक्काइडो क्षेत्रमा उत्तर कोरियाले मध्यम दूरीको मिसाइल प्रहार गरेको हो ।
यसअघि सन् २०१७ मा पनि उत्तर कोरियाले जापानमाथि मिसाइल प्रहार गरेको थियो । मिसाइल प्रहार भएको उक्त क्षेत्रका मानिसहरुलाई जापान सरकारले सुरक्षित स्थानमा जानको लागि निर्देशन दिएको छ भने मिसाइल प्रहारबाट सो क्षेत्रका केही रेल वे सेवा तत्कालका लागि स्थगित गरिएको छ ।
अन्र्तराष्ट्रिय संचार माध्यमका अनुसार मिसाइल प्रशान्त महासागरमा खसेपनि त्यसको असर भने जापानी भूमिमा देखिने सम्भावना उच्च रहेको जनाएको छ । जापानका प्रधानमन्त्री फुमियो किशिदाले उत्तर कोरियाले हिसं्रक व्यवहार गरेको प्रतिकृया दिएका छन् ।
उत्तर कोरियाले गरेको मिसाइल प्रहार लगतै जापान सरकारले सुरक्षा परिषद्को बैठक समेत बोलाएको अन्र्तराष्ट्रिय संचार माध्यमले जनाएको छ । जापान, अमेरिका र दक्षिण कोरियाले गत साता मात्र त्रिपक्षीय सैन्य अभ्यास गरेका थिए ।
सोही सैन्य अभ्यासको जवाफमा उत्तर कोरियाले मिसाइल प्रहार गरेको आशंका गरिएको छ । पछिल्लो एक हप्तामा उत्तर कोरियाले पाँच वटा मिसाइल प्रक्षेपण गरिसकेको छ ।