डेङ्गुका कारण देशभर ४१ जनाको मृत्यु, संक्रमितको संख्या भने ३१ हजार नाघ्यो
  • प्रमुख खबर

आश्विन–१८

डेङ्गुका कारण श्रावण महिना यता देशभर ४१ जनाको मृत्यु भईसकेको छ भने यसबाट संक्रमित हुनेको संख्या ३१ हजार नाघेको छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका किटजन्य रोग निवारण शाखाका प्रमुख डाक्टर गोकर्ण दाहालका अनुसार अझैपनि पानी पर्न नरोकिएकोले डेङ्गु फैलिन सक्ने जोखिम उच्च रहेको जनाएका छन् ।

विहान बेलुका चिसो हुन थालेकाले डेङ्गुको संक्रमण केही कम हुने आंकलन गरिएपनि पानी पर्ने क्रम भने नरोकिएकोले जोखिम उत्तिकै रहेको उनको भनाइ छ । डाक्टर दाहालले डेङ्गुबाट बच्नको लागि लामखुट्टेको टोकाइबाट जोगिन आग्रह गरेका छन् ।

उनले लामखुट्टेको टोकाइबाट बच्न घर वरिपरि पानी जम्ने खल्डाखुल्डी पुनुपर्र्ने, लामा बाउला भएको कपडा लगाउनु पर्ने, आफु बसोबास गर्ने ठाउँ सकेसम्म सफा राख्नुपर्ने जस्ता सुझाव दिएका छन् । यस्ता कुराहरुमा ध्यान दिएको खण्डमा लामखुट्टेको टोकाइबाट बच्न सक्ने र डेङ्गुको जोखिमलाई कम गर्न सकिने समेत बताएका छन् ।

तपाईको प्रतिक्रिया दिनुहोस्