चितवन ।
चितवनमा मासु खाने क्रममा घाँटीमा हड्डी अड्किएर एक व्यक्तिको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय चितवनले दिएको जानकारी अनुसार कालिका नगरपालिका वडा नं. ८ गौरीबारीका ५० वर्षिय धन बहादुर दानी क्षेत्रीको घाँटीमा हड्डी अड्किएर मृत्यु भएको हो ।
दशैंको अष्टमीको साँझ करिब ७ः३० बजे खाना खाने क्रममा घाँटीमा हड्डी अड्की पछि उनलाई जुटपानी बजार स्थित स्थानीय मेडिकलमा उपचारका लागि लगिएको थियो । त्यहाँ उनको उपचार सम्भव नभएपछि थप उपचारका लागि भरतपुर लगिएको थियो ।
भरपुर स्थित पुरानो मेडिकल कलेजमा ल्याइएपछि चिकित्सकले क्षेत्रीलाई मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय चितवनका डिएसपी तथा प्रहरी प्रवक्ता विजयराज पण्डिले जानकारी दिएका छन् ।