यू–१७ एसियन कप छनोटका लागि आज ३ बजे नेपाल र थाइल्याण्ड भिड्ने
  • प्रमुख खबर

काठ्माण्डौं ।

भियतनाममा आजदेखि सुरु हुन लागेको एएफसी यू–१७ एसियन कप छनोट अन्र्तगत समूह एफ को पहिलो खेलमा नेपालले थाइल्याण्डसंग खेल्ने भएको छ । नेपाल र भियतनामबीचको खेल बुधबार दिउँसो ३ बजे भियतनामको राष्ट्रिय रंगशालामा हुने भएको हो ।

नेपाली टिमका कप्तान प्रशान्त लक्सको नेतृत्वमा नेपालले थाइल्याण्डसँग भिड्दै छ । आज हुने खेलमा नेपालका खेलाडीहरुले राम्रो प्रदर्शन गर्ने विश्वास रहेको नेपाली टोलीका प्रशिक्षक उर्जन श्रेष्ठले बताएका छन् । खेल अघि भएको पत्रकार सम्मेलनमा मंगलबार प्रशिक्षक श्रेष्ठले समूहमा सहभागी सबै टोली समान स्तका भएको बताएका थिए ।

उनले थाइल्याण्डसँगको पहिलो खेलमा आफुहरुको पहिलो लक्ष्य भनेको अधिकतम अंक बटुलेर छनोट हुने बताएका थिए । समूह एफमा नेपाल र थाइल्याण्डसँगै चाइनिज ताइपेइ र घरेलु टोली भियतनाम रहेका छन् ।

समूहको शीर्ष स्थानमा रहने टिम फाइनल प्रतियोगिताका लागि छनोट हुनेछ भने १० समूहमध्ये उत्कृष्ट ६ उप–विजेता टिम पनि छनोटमा पर्ने भएका छन् ।

तपाईको प्रतिक्रिया दिनुहोस्