पोखरा ।
सरिता गुरुङ्ग
राष्ट्रिय खेलकुद परिषद राखेपका सदस्य सचिव टंकलाल घिसिङले नवौं राष्ट्रिय खेलकुद प्रतियोगितालाई सफलताका साथ आयोजना गर्न यस प्रतियोगिताको अभियानमा जुट्नका लागि सम्पूर्ण पोखरेलीहरुसँग आग्रह गरेका छन् ।
प्रदेश खेलकुद परिषद, गण्डकी प्रदेशले शनिबार पोखरामा आयोजना गरेको विभिन्न संघ संस्थाका प्रमुख एंव प्रतिनिधिहरुसँगको छलफल कार्यक्रममा घिसिङले उक्त आग्रह गरेका हुन् ।
उनले यस प्रतियोगिताको आयोजक राष्ट्रिय खेलकुद परिषद भएतापनि यसको होस्ट गण्डकी प्रदेश भएकोले प्रतियोगितालाई सफलताका साथ संचालन गर्न सम्पूर्ण पोखरेलीहरु एकजुट भएर यस अभियानमा जुट्नुपर्ने बताएका छन् ।
प्रदेश खेलकुद परिषद, गण्डकी प्रदेशले शनिवार पोखरामा आयोजना गरेको विभिन्न संघ संस्थाका प्रमुख एंव प्रतिनिधिरुसँगको छलफल कार्यक्रमा बोल्दै घिसिङले सो कुरा बताएका हुन् ।
उनले नेपालमा जब २०७२ मा संघियता आयो त्यसको जगमा खेलकुद ऐन २०७७ कार्यान्वयन भएसँगै संघियताको मोडलमा पहिलो पटक यस नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता आयोजना हुन गईरहेकोले यसको महत्व छुट्टै रहेको पनि बताएका छन् ।
घिसिङले हिजोका दिनमा राखेपले जसरी विभिन्न तहदेखि, जिल्लादेखि आफैले खेलाडीहरु छनोट गर्ने र सम्पूर्ण जिम्मेवारी आफैले वहन गथ्र्यो तर अहिले सो मोडलमा नभएको किनभने ३ तहको सरकारलाई आ–आफ्नो भूमिका र पहिचानसहित आफ्नो ठाँउबाट अब्बल तयारीका निम्ति यो अवसर दिएकाले यसलाई भव्य, सभ्य र सफलताका साथ सम्पन्न गर्न यस क्षेत्रका सम्पूर्ण व्यक्तिहरुले आ–आफ्नो ठाउँबाट महत्वपूर्ण भूमिका निर्वाह गर्नुपर्ने जनाएका छन् ।
उनले हामी सबै नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताको अन्तिम तयारीमा रहेको जनाउँदै यहाँ आउने खेलाडीहरुदेखि लिएर प्रशिक्षक र विभिन्न अफिसियल व्यक्तिहरुलाई न्यानो आत्थ्यिताको सन्देशको छाप छोड्न आग्रह समेत गरेका छन् ।
नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताको औपचारिक सुरुवात आश्विन २३ गतेबाट हुने भएपनि उद्घाटन भने आश्विन २८ गते हुने घिसिङले बताएका छन् ।
खेलाडीहरुलाई प्रोत्सहान गर्न र उक्त प्रतियोगितालाई अवलोकन गर्ने वातावरण सृजना गर्नका लागि पोखरेलीबासीहरुको उपस्थिति अति नै महत्पूर्ण भएकाले यसका लागि सम्बन्धीत यहाँका व्यक्तित्वहरुले पनि भूमिका निर्वाह गर्नुपर्ने जानकारी दिएका छन् ।
सो कार्यक्रममा उनले राष्ट्रिय खेलकुद प्रतियोगिता अन्र्तगतका ३६ वटा खेलहरुमध्ये भलिबल र फटबलको सेमीफाइनल देखिका खेलहरुका लागि टिकटको व्यवस्थापन गर्नका लागि त्यही अनुरुपको छलफल र गृहकार्य भईरहेको पनि बताएका छन् ।
त्यस्तै उक्त कार्यक्रममा बोल्दै प्रदेश खेलकुद परिषद, गण्डकी प्रदेशका सदस्य सचिव तेज बहादुर गुरुङ्गले २०४० सालमा पोखरामा आयोजना भएको राष्ट्रिय खेलकुद प्रतियोगिता पश्चात झण्डै ४ दशकपछि दोस्रो राष्ट्रिय खेलकुद प्रतियोगिता यस प्रदेशमा आयोजना गर्न पाउनु यो एउटा यहाँका बासीहरुका लागि गौरवको विषय भएको बताएका छन् ।
उनले यस प्रतियोगितालाई सफलताका साथ सम्पन्न गर्न र अन्य प्रदेशको हकमा भन्दा एउटा उदाहरणीय प्रदेशको रुपमा यस क्षेत्रलाई चिनाउन सम्पूर्ण पोखरेलीहरुको पनि उत्तिकै दायित्व, भूमिका, साथ र सहयोग रहने स्पष्ट पारेका छन् ।
सो छलफल कार्यक्रममा पोखराका विभिन्न वडाहरुमा खेल संचालन हुने वडाका वडाध्यक्षहरुका साथै शैक्षिक संस्थका प्रतिनिधिहरु, उद्योगी र पर्यटन व्यवसायीहरु, विभिन्न सामाजिक संघ–संस्थाहरु लगायतको सहभागिता रहेको थियो ।