पूर्वाेत्तर भारत मिजाैरामका साहित्यकार पूर्ण प्रसादकाे  परिपूर्ण दशैं
  • प्रमुख खबर

रामप्रसाद पाैडेल
२५ असाेज २०७९
मिजाैराम

भारतका विभिन्न राज्यबाट मिजाेरम पढन अाउने दर्जनाै नेपालीभाषीहरुका अाफ्नै घर, अाफ्नै परिवार बन्दै अाएकाे छ,  ठुवामपुई निवासी पूर्ण प्रसादकाे घर।

संसारका मनाेविश्लेषकहरु भन्छन् , यदि काेही अाफ्ना घर परिवारबाट टाढा भएर या परिस्थितिवस विछाेडिएर  बसेकाे छ र एक्लाेपन महसुस गर्दै घर परिवार र  अाफन्तहरुकाे सम्झनामा मन बिगारिरहेकाे छ भने उस्लाई “किन अात्तिएकाे, म छु  नि ” मात्र भन्दिन सक्याै  भने पनि उसकाे एक्लाेपन हटछ र मन रमाउछ रे  ।  त्यस्तै टा- टाढाका परदेशीहरुलाई अाफ्नाेपनकाे माया, साथ, सहारा त्यही व्यक्तिले दिन्छ रे, जस्ले- “बसुदैब कुटुम्बकम् ” काे अर्थ  बुझेर भावनात्मक रुपमा अरुकाे खुशीमा अाफ्नाे खुशी खाेज्दछ रे ।

यस्तै पराेपकार र निस्वार्थसेवाभावले अाेतप्राेत अत्यन्त मिलनसार,काेमल मन र मृदुभाषी व्यक्तित्व साहित्यकार श्री पूर्ण प्रसाद । अाफ्ना बित्दा कामधन्दाहरु थाती राखेरै भए पनि अरुलाई साथ सहारा दिने व्यक्तित्वकाे रुपमा परिचित हुनुहुन्छ। पराेपकार भनेपछि मरिहत्ते गरेर लागि पर्ने उहाँकाे स्वभाव मिजाैरामबासी सबैलाई जग जाहेरै छ ।

बर्सेनि देख्दै अाएका छाै, देशका विभिन्न क्षेत्रबाट मिजाेरम पढन अाउने नेपालीभाषी भाईबैनीहरुकाे लागि एक्लाे अभिभावक बन्दै अाउनु भएकाे छ उहाँ । त्यसरी बाहिरबाट पढन अाउने नेपालीभाषीकाे लागि विभिन्न शैक्षिक संस्थानहरुले पनि अाधिकारिक रुपमै अभिभावककाे दर्जा दिएका छन् उहाँलाई । ती भाईबैनीहरुकाे लागि  उहाँकाे घर परिवार अाफ्नै घर परिवार जस्ताे छ । दिन दिवस र चाड पर्वहरुमा उहाँकाे घरमा हुने रमाईलाे सायद अन्यत्र बिरलै देख्न पाईन्छ ।

विशेषत: दशैकाे दिन घर अागन, बैठक र पिढी पटाहा भरी ती भाईबैनीहरुकाे जमघट र रमाईलाे देख्दा हेरिरहुँ जस्ताे लाग्छ , पूर्ण प्रसादसंग टीका जमरा र अाशिष थाप्नेहरुकाे घुईचाे- भ्याई नभ्याई हुन्छ दुव‌ै दम्पत्तिलाई टीका लगाईदिन ।

खुशी जति बाढन सक्याे त्यति नै बढछ भन्ने मान्यता भएका पूर्ण प्रसादका परिवारले त्यसरी परदेशी भाईबैनीहरुलाई खुशी बनाउदा अाफू खुशी भएकाे अनुभव गर्नुहुन्छ । जहाँ दया त्यहाँ दुर्गा भन्ने भनाई चरितार्थ देखिन्छ उहाँकाे परिवारमा । ” मरिलानु के छ र भाई ! एकमुठ्ठी सास रहिन्जेलकाे याे जिन्दगानी, अाज हाे कि भाेलि के थाहा ..! बाचुन्जेल यसरीनै अरुकाे लागि साथ सहारा र खुशी बाडन सकाैं यही नै हाे मान्छेकाे चाेला” भन्नुहुन्छ उहाँ।  अरु खुशी हुँदा दिल खाेलेर रमाउनु हुन्छ  ।

उहाँकाे घरकाे दशै अरु घरकाे भन्दा भिन्न हुन्छ , घर परिवार, अाफन्त, ईष्ट मित्र  संगै बाहिरबाट अाएका दर्जनाै विध्यार्थी भाईबैनीहरुकाे रमाईलाे । जसरी टीका जमरा लगाउन भ्याई न भ्याई हुन्छ पूर्ण  प्रसादका दम्पत्तिलाई त्यसरीनै चुल्हाे, चाैकाे र भान्छाघर तर्फ परिकार र प्रसाद पस्कन हम्मे हम्मे पर्दछ । छाेरी बुहारीलाई सिक्किम , दार्जलिङ र अन्य राज्यकाे मिश्रित दशै देख्न पाईन्छ त्यहाँ , सबै “बडा -बा भन्दै , उहाँलाई सम्मान गर्छन् ।  अाफ्ना अगाडि पछाडी दायाँ बायाँ  फरक  राज्य र गाउँ ठाउँका भाईबैनीहरुसंग बस्न पाउँदा मनभरि हुनुहुन्छ उहाँ ।

हरेक वर्ष जस्तै यतिखेरकाे दशैमा पनि टिकाकाे दिन बिहानैदेखि सिक्किम दार्जलिङ र भारतका विभिन्न राज्यबाट मिजाैराममा अध्ययनरत  दर्जनाै नेपालीभाषी भाईबैनीहरुकाे चहल पहल र-याे उहाँकाे निवासमा । विभिन्न शैक्षिक प्रतिष्ठानहरुमा अध्ययनरत ती भाईबैनीहरु अाफ्ना अभिभावक पूर्ण प्रसादकाे हातबाट टीका जमरा र अाशिष लिएर दशै मनाउदै हर्षले गदगद भएकाे देखिन्थ्याे ।

तपाईको प्रतिक्रिया दिनुहोस्