प्रदेश खेलकुद परिषद गण्डकीको कार्यवहाक सदस्य सचिवमा पौडेल
  • प्रमुख खबर

पोखरा ।
सरिता गुरुङ्ग

यूवा तथा खेलकुद मन्त्रालयका महाशाखा प्रमुख रहेका घनश्याम पौडेलले आजबाट प्रदेश खेलकुद परिषद गण्डकीको कार्यबाहक सदस्य सचिवको रुपमा समेत कार्यभार सम्हालेका छन् ।

सोमबार सदस्य सचिव तेज बहादुर गुरुङ्गको उमेर हदका कारण पदावधि सकिए लगतै मन्त्रालयले पौडेललाई कार्यबाहक सदस्य सचिवको जिम्मेवारी दिएको हो ।

कार्यबाहक सम्हाल्दै पौडेलले संस्थापक सदस्य सचिव गुरुङ्गको सफल कार्यकाल प्रति आभार व्यक्त गर्दै संघारमा रहेको नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता सफल बनाउन आग्रह गरेका छन् ।

उनले आफु खेलकुदको विज्ञ नभएतापनि सम्पूर्ण खेलप्रेमी व्यत्तित्वहरु, खेलकुदका संघ–संस्था, खेलाडीहरु र सबैको साथ अनि सहयोगले नै प्रदेश खेलकुद विकासमा अघि बढ्न सक्ने बताएका छन् ।

कार्यवाहक सदस्य सचिव पौडेललाई प्रदेश खेलकुदका उपाध्यक्ष धोज कुमार गुरुङ्ग, कार्यकारी सदस्य दिल बहादुर गुरुङ्ग, ऋषिराम गौतम, तारा माया थापा मगर, प्रदेश खेलकुद कार्यालयका प्रमुख तोपलाल भुसाल, जिल्ला खेलकुद विकास समितिका अध्यक्ष तोरण बहादुर बानिया लगायतले स्वागत गरेका छन् ।

तपाईको प्रतिक्रिया दिनुहोस्