नवौं राष्ट्रिय खेलकुद ः पुरुष भलिबल शुक्रबारदेखि सुरु हुँदै
  • प्रमुख खबर

पोखरा ।
सरिता गुरुङ्ग

नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष भलिबल शुक्रबारदेखि सुरु हुँदैछ । पोखरा रंगशाला स्थिति भलिबल कोर्टमा भोलिबाट सुरु हुने यस खेलमा समूह “ए” तर्फ नेपाल पुलिस क्लब र कर्णाली प्रदेशबीच प्रतिस्पर्धा हुने भएको छ ।

यस समूहमा रहेको अर्को टोलीमा लुम्बिनी प्रदेश रहेको छ । यस पुरुष भलिबल खेलमा ११ टिमको सहभागिता रहेको छ । सहभागी सबै ११ टोलीलाई ४ समूहमा विभाजन गरिएको छ ।

त्रिभुवन आर्मी, प्रदेश–१ र मधेस प्रदेश समूह “बी” मा रहेका छन् भने समूह “सी” मा एपीएफ, एनआरएनए र सुदूरपश्चिम परेका छन् ।
त्यस्तै समूह “डि” मा गण्डकी प्रदेश र बाग्मती प्रदेश गरेर जम्मा दुई टिम मात्र रहेका छन् ।

यस समूह “डि” मा दुई टोली मात्र भएकाले गण्डकी र बाग्मती सिधै क्वाटरफाइनलमा पुगेका छन् ।यी दुवै टोलीले समूह विजेता बन्न प्रतिस्पर्धा गर्ने भएका छन् । यस पुरुष भलिबलको फाइनल खेल भने कात्तिक ३ गते हुने भएको छ ।

 

तपाईको प्रतिक्रिया दिनुहोस्