पोखरा ।
नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत गण्डकी प्रदेश पुरुष ह्याण्डबलको फाइनलमा प्रवेश गरेको छ । शुक्रबार भएको सेमीफाईनल खेलमा गण्डकीले लुम्बिनीलाई ५४–२१ गोलको फराकिलो अन्तरले पराजित गर्दै फाइनलमा स्थान सुरक्षित गरेको हो । गण्डकीका चन्द्र थापाले सर्वाधिक १८ गोल गरे । अब, गण्डकीले विभागीय आर्मी र सशस्त्रबीचको सेमिफाइनल विजेतासँग स्वर्ण पदकका लागि शनिबार फाइनल खेल खेल्नेछ। त्यस्तै, पुरुष ह्याण्डबल फाइनलमा विभागीय आर्मीले स्थान बनाएको छ। शुक्रबार भएको अन्तिम सेमिफाइनल खेलमा आर्मीले अर्को विभागीय एपीएफलाई २७–२२ ले हराउँदै फाइनलमा स्थान बनाएको हो। उक्त खेलमा एपीएफका सन्दीप कार्कीले सर्वाधिक ७ गोल गरे। घरेलु गण्डकी र विभागीय आर्मीले शनिबार दिउँसो ४ बजे पुरुषतर्फको फाइनल खेल हुनेछ । त्यसअघि, एपीएफ र लुम्बिनीबीच विहान ८ बजे तेस्रो स्थानका लागि खेल हुनेछ।