नवौं राष्ट्रिय खेलकुद: महिला हक्कीमा गण्डकी प्रदेश विजयी
  • प्रमुख खबर

पोखरा ।।

नवौं राष्ट्रिय खेलकुद महिला हक्कीको भएको दोस्रो दिनको दोस्रो खेलमा गण्डकी प्रदेश विजयी भएको छ । शुक्रबार भएको महिला हक्कीको खेलमा गण्डकी प्रदेशले लुम्बिनी प्रदेशलाई ८–० को गोल अन्तरले हराएको हो । खेलको पहिलो क्वाटरमा गण्डकीका तर्फबाट ज्योति काफ्लेले गोल गर्दै अग्रता दिलाएकी थिईन् । खेलको सुरुआती ५ मिनेटमा नै ज्योतिले गोल गर्दै गण्डकीका लागि खाता खोलेकी थिईन् । खेलको १३ औं मिनेटमा गण्डकीकी सबिना पुन रानाले गोल गर्दै अग्रता दोब्बर पारिन् ।

खेलको दोस्रो क्वाटरमा लुम्बिनी प्रदेशकी गोलरक्षक पुनम डाँगी घाइते भएकी छन् । खेलको २९ औं मिनेटमा सृजना नेपालीले गण्डकीका लागि एक गोल गरेकी थिइन । खेलको तेस्रो क्वाटरमा गण्डकीले पुनः दुई गोल थप्यो । ३५ औं मिनेटमा सबिना पुन मगर र ३७ औं मिनेटमा सोनु बरालले गोल थपे । अन्तिम क्वाटरमा गण्डकीका लागि ज्योतिले पुनः ४८ औं मिनेटमा र ५१ मिनेटमा दुई गोल गरिन् । त्यस्तै ५७ औं मिनेटमा सबिना पुन मगरले गण्डकीका लागि व्यक्तिगत तेश्रो गोल गरिन् ।

यसअघि बिहीबार भएको खेलमा गण्डकीले प्रदेश १ लाई ७–० को गोल अन्तरले हराएको थियो । यस्तै आजै भएको पहिलो खेलमा नेपाल आर्मीले ८–० को गोल अन्तरले मधेश प्रदेशलाई हराएको छ । सात टिम सहभागी रहेको प्रतियोगितामा दैनिक दुई खेल हुँदै आएका छन् । प्रतियोगिताको तेस्रो दिन शनिबार बागमति प्रदेश र नेपाल आर्मीबीच प्रतिस्पर्धा हुँदा सुदूरपश्चिम प्रदेश र मधेस प्रदेश मैदानमा उत्रिदै छन् ।

 

तपाईको प्रतिक्रिया दिनुहोस्