नवौं राष्ट्रिय खेलकुद अन्तर्गत पुरुष बास्केटबलमा गण्डकी र आर्मीको विजयी सुरुवात
  • प्रमुख खबर

पोखरा ।।   गण्डकी प्रदेशमा सञ्चालन भइरहेको नवौं राष्ट्रिय खेलकुद अन्तर्गत पुरुष बास्केटबल शुक्रबारबाट सुरु भएको छ । आज सम्पन्न ‘फाइभ अन फाइभ’ खेल तर्फ त्रिभुवन आर्मी क्लवले बागमती प्रदेशलाई संघर्षपूर्ण खेलमा ८५–८४ ले पराजित गरेको छ । आर्मीलाई जिताउन निश्चल महर्जनले सर्वाधिक २३ स्कोर गरे । खेल निकै प्रतिस्प्रधात्मक र रोचक बनेको थियो । त्यस्तैै आज नै सम्पन्न अर्को खेलमा नेपाल पुलिस क्लवले लुम्विनी प्रदेशलाई ७४–३३ ले पराजित गरेको छ । पुलिकको तर्फबाट सर्वाधिक तेजेन्द्र गुरुङ ले १३ अक ंजोड्न सफल भए ।

त्यसैगरी कर्णाली प्रदेशले मधेश प्रदेशलाई ७८–६६ स्कोरले पराजित गरेको छ । कर्णाली प्रदेशलाई जिताउन कुनखेन थिङको योगदान रहेको थियो । उनले सर्वाधिक १७ अंक जोड्न सफल भए । त्यस्तै घरेलु टोली गण्डकी प्रदेशले फराकिलो अन्तरले सुदुरपश्चिम प्रदेशलाई पराजित गरेको छ । गण्डकीले सुपलाई ९४–२६ ले पराजित गरेको हो । स् गण्डकीका लागि सर्वाधिक स्कोर गेमेन पुर्जाले सर्वाधिक २९ अंक जोड्न सफल भए ।
यता आज नै सम्पन्न पुरुष तर्फ थ्री अन थ्री खेलमा त्रिभुवन आर्मी क्लवले प्रदेश १ लाई १७–१२ ले पराजित गरेको छ भने एपिएफ क्लब मधेश प्रदेश बिरुद्ध २१–७ स्कोरले जित निकालेको छ ।

आजै सम्पन्न अर्को खेलमा सुदुर पश्चिम प्रदेशले लुम्वीनी प्रदेशलाई २१–१३ ले पराजित गरेको छ भने गण्डकी प्रदेशले कर्णाली प्रदेशलाई २१–१० ले जित निकालेको छ । खेललाई दुई समूह ‘ए’ र समुह ‘बी’ गरी दुई समुहमा विभाजन गरेर प्रतियोगिता लिगकम नकआउटका आधारमा खेलाइएको बास्केटबल सघं कास्कीका अध्यक्ष ध्वज गुरुङले जानकारी दिए । यसैबीच प्रतियोगिताको उद्घाटन गर्दै राष्ट्रिय खेलकुद परिषदका उपाध्यक्ष शिव कोईराला ज्वालाले पर्यटकीय नगरी पोखरामा खेलकुद आयोजना हुनुले यो क्षेत्रको पर्यटन प्रवद्धनमा टेवा पुग्ने बताए । उनले प्रतियोगितामा सहभागी सबै टिमका खेलाडीहरुलाई जितको शुभकामना दिएका थिए ।

 

तपाईको प्रतिक्रिया दिनुहोस्