दिप युनाइटेड क्लबले आयोजना गरेको तेस्रो शूभकामना फुटसल सम्पन्न
  • प्रमुख खबर

पोखरा । असोज ३०

” सद्भाब र सहकार्यका लागी एकता” दिप युनाइटेड क्लबले आयोजना गरेको तेस्रो शूभकामना फुटसल कप कार्यक्रम सम्पन्न भएको छ । खेमराज आचार्यको अध्यक्षयतामा भएको कार्यक्रममा प्रमुख अतिथि पोखरा महानगरपालिका वडा नम्बर १६ का कार्य वाहक अध्यक्ष राम काजी गुरूङ र विशेष अतिथी वडा नम्बर १६ का जनप्रतिनिधि रामचन्द्र आचार्य राजकुमारी बानियाँ रहनु भएको थियो । कार्यक्रमको प्रमुख प्रयोजक पोखरा वडा नम्बर १६ रहेको थियो ।

कार्यक्रममा शुभकना मन्तव्य राम काजी गुरुङ हिमाल क्लबका अध्यक्ष शुसिल बस्नेत र दिप युनाइटेड क्लबका निबर्तमान अध्यक्षले राख्नु भएको थियो । त्यस्तै स्वागत मन्तव्य क्लबका उपाध्यक्ष बिष्णु कुमारी गुरूङले राख्नु भएको थियो । रोशन गुरूङको संयोजकमा भएको कार्यक्रममा वडा-१६ का ३० वर्ष माथिका नौ टिमको सहभागीता  रहेकोमा पहिलो स्थान ६-२ गोलको अन्तरले दिप युनाइटेड क्लबले पहिलो स्थान हात पारे संगै नगद ३० हजार सहित ट्रफि, मेडल र प्रमाणपत्र प्राप्त गरेको थियो । त्यस्तै दितिय स्थान लिन कादुरी टिम सफल भयो । उनिहरूले पनि २० हजार नगद सहित ट्रफि, मेडल र प्रमाणपत्र प्राप्त गरे ।

सर्वाधिक गोल कर्ता दिप यूनाइटेडका क्याप्टेन तारा बहादुर राना मगर , उत्कृष्ट खेलाडी ई अनिल अधिकारी,उत्कृष्ट गोल रक्षक अनिश गुरूङ रहनु भएको क्लबका सचिव भिम प्रसाद आचार्यले जानकारी दिनु भयो । सबै जनाले ट्रफि, मेडल र प्रमाणपत्र प्राप्त गरेका थिए । सामाजिक अभियान्ता क्लबका शुभचिंतक ऋगेन्द्र नेपाली गिरीले उत्कृष्ट खेलाडीलाई  रू २०००/- प्रदान गर्नु भएको थियो । दितिय पुरस्कार एल . जी कन्ट्रक्सन हङकङका प्रबन्धक राकेश गुरुङले प्रायोजन गर्नु भएको थियो । भने अपिसियल तर्फ सब्य र भब्य रूपमा खेल समापन गर्न रेफ्रि दिप राज गुरुङ र प्रबिङ गुरुङले राम्रो भुमिका निभाउनु भएको थियो । कार्यक्रम संचालन क्लबका सचिव भिम प्रसाद आचार्यले गर्नु भएको थियो ।

 

 

तपाईको प्रतिक्रिया दिनुहोस्