पोखरा ।।
नवौ खेलकुद अन्तरगत पोखरामा सम्पन्न पुरुष बास्केटबलको च्याम्पिएन आयोजक गण्डकी र एपिएफ बनेका छन् । प्रतियोगिताको फाइभ अन फाइभ तर्फ बिभागिय टोली एपिएफले ८१-७९ स्कोरका साथ च्याम्पियन बन्दा थ्री अन थ्री तर्फको च्याम्पियन आयोजक गण्डकीले एपिएफलाई २१- १६ स्कोरले पराजित गर्दै संवरण पदक हात पारेको छ । यता फाइभ अन फाइभ तर्फ गण्डकीले दोस्रो स्थानमै चित्त बुझाउनु परेको छ । निकै संघर्षपुरण प्रतियोगितामा दुबै बिधाको अन्तिम प्रतिस्प्रधाका लागि एपिएफ र गण्डकी मैदानमा उत्रेका थिए । यस अघि कास्य पदककालागी भएको प्रतियोगितामा आर्मीले बागमतीलाई ७८- ६०स्कोर सहित पराजित गर्दै कास्य पदक हात पारेको छ ।
आज बिहिबार नै सम्पन्न बास्केटबल पुरुस प्रतियोगिताको थ्री अन थ्री तर्फ आयोजक प्रदेश गण्डकी च्याम्पियान बनेको छ । एपिएफ भने दोस्रो स्थानमै चित्त बुझाउनुपरेको छ । बिहिबार बिहान रंगशालामा सम्पन्न प्रतियोगितामा गण्डकीले बिभागीय टोली एपिएफलाई २१-१६ स्कोरले पराजित गर्दै संवरण पदक हात पारेको हो । यस अघि भएको प्रतियोगितामा बागम्ती प्रदेशले आर्मीलाई १९- १५ स्कोरले हराउदै तेस्रो स्थान हासिल गरेको छ । गत २८ गतेदेखि पोखरा रंगशालामा सुरुभएको प्रतितोगितामा ३ बिभागीय टोली सहित १० टिमको सहभागिता रहेको थियो भने खेललाई लिक कम नक आउटको आधारमा खेलाइएको थियो ।