दिप युनाइटेड क्लबको संस्कृतिक कार्यक्रम सम्पन्न
  • प्रमुख खबर

संजय थापा                                              कात्तिक १४ पोखरा ।।                                            पोखरा १६ मा अबस्थित दिप युनाइटेड क्लबले दिपावलीको अबसरमा संस्कृतिक कार्यक्रम सम्पन्न गरेको छ । क्लबका अध्यक्ष खेमराज आचार्यको अध्यक्षयतामा भएको कार्यक्रममा प्रमुख अतिथि वडा नम्बर १६ का वडा अध्यक्ष अंमृत तिमिल्सिना रहनु भएको थियो । स्वागत मन्तव्य क्लबका उपाध्यक्ष बिष्णु गुरूङले राख्नु भएको थियो ।

तेजमान गुरूङको संयोजकमा रहेको उक्त कार्यक्रममा गठबंधनका तर्फबाट कास्की क्षेत्र नं २ का उमेद्वार माननिय मन्त्री विन्दु कुमार थापा, मादी गॉऊपालिका प्रमुख देवी जङ्ग गुरूङ, माछपच्छ्रे गाऊँ पालिका वडा नं १ का वडा अध्यक्ष इन्द्र गुरूङ, नेकपा एमाले कास्की क्षेत्र नं २ का उमेद्वार मीना गुरूङ लगायत विशिष्ट व्यक्तित्वहरू उपस्थित रहेको थियो ।

क्लबको आफ्नै प्राङ्गढमा संस्कृतिक कार्यक्रम सम्पन्न भएको थियो । कार्यक्रमा उपस्थित अतिथि, सहयोग दाता, सलाहकार,क्लबका साथीहरू, स्थानीय आमा बुबा दाजुभाइ दीदी बहिनी, कलाकार साथीहरू सबैमा आचार्यले आभार प्रकट गर्नु भएको थियो । भने सोही कार्यक्रममा स्थानीय कलाकारहरूको प्रस्तुति रहेको थियो । नवौ राष्ट्रीय खेल-२०७९ मा खेलका विभिन्न विधामा रहि यस क्षेत्रको गरिमा वढाउन सफल खेलाडी साथीहरूलाई क्लबका सदस्य माछापुच्छ्रे गाऊपालिक वडा नं १ का वडा अध्यक्ष इन्द्र गुरूङलाई सम्मान गरिएको थियो । कार्यक्रममा विभिन्न संघ – संस्थाका ब्यक्तित्वहरूको उल्लेखनीय सहभागीता रहेको थियो । भने कार्यक्रम संचालन क्लबका निवर्तमान सचिव राम प्रसाद सुवेदीले गर्नुभएको थियो ।

 

तपाईको प्रतिक्रिया दिनुहोस्