ग्रामीण वडाबासीलाई ५ वर्षभित्रै महानगरको अनुभूति : मिना गुरुङ
  • प्रमुख खबर

पोखरा, १४ कात्तिक

पोखरा महानगरमा पछि थपिएका वडा अझै गाउँ जस्ता छन् । त्यहाँ विकासका पूर्वाधार र अरु सुविधा पुग्न बाँकी नेै छ । मंगलबार पोखरा वडा नम्बर १६ र २० पुग्नु भएको एमाले उम्मेदवार मिना गुरुङले पछि थपिएका ग्रामीण क्षेत्रका बासिन्दालाई चाडै महानगरबासीको अनुभूति दिलाउने प्रतिवद्धता जायर गर्नु भएको छ ।

कास्की २ (२) मा पोखरा महानगरपालिका अन्तरगत वडा नं. ४, ८, ९, ११, १६ र २० पर्छन् । उम्मेदवार गुरुङले भनुभयो, ‘यो देशकै ठूलो महानगरको भूभाग हो । स्थानीय र संघ संरकारसँग सहकार्य गर्दै महानगरका लागि चाहिने पूर्वाधार सेवा, सुविधा पुर्याउन म आफुले सके सम्मको पहल गर्ने र सबैले आ- आफ्नो तबरबाट अघि बढे बिजय सुनिश्चित रहेको बताउनु भयो ।

कार्यक्रममा कास्की २ की एमाले उम्मेदवार विद्या भट्टराई, अनेमसंघकी नेता सिर्जना शर्मा, समानुपातिक उम्मेदवार छममाया पुन, एमाले पोखरा महानगरका सचिव जीवन आचार्य लगायतले आ – आफ्नो भनाई राख्नु भएको थियो ।

तपाईको प्रतिक्रिया दिनुहोस्