स्वतन्त्र उम्मेदवार गुरुङ्गद्धारा पोखरा–३३ को विकासका निम्ति सदैव अडिक भएर लागि पर्ने प्रतिबद्धता
  • प्रमुख खबर

पोखरा ।

आसन्न प्रतिनिधि सभा निर्वाचनमा कास्की क्षेत्र नं. २ बाट स्वतन्त्र उम्मेदवारी दिएका महादेव गरुङ्गले
देशमा मौलाएको भ्रष्टाचार विरुद्ध सबै जनताहरु एक भएर आवाज उठाउनुपर्ने र भ्रष्टाचारीहरुलाई अब ठेगान लगाउनुपर्ने बताएका छन् ।

मंसिर ४ गते हुने प्रतिनिधि सभा निर्वाचनमा प्रचार–प्रसारको क्रममा पोखरा–३३ का विभिन्न ठाउँहरु जस्तै भगवती चौतारी, जुगे, भिम शाही, हनुमान पोखरी, खैरेनी तिक्लाङ, लामगादी, उपल्लो र तल्लो कुडीछारका स्थानीय मतदाताहरुसँग भेटघाट गर्दै स्वतन्त्र उम्मेदवार गुरुङ्गले सो कुरा बताएका हुन् ।

उनले पछिल्लो समय भ्रष्टाचार मुलुकको सबैभन्दा ठूलो रोग भएको र यसको समयमा नै उपचार नभएको खण्डमा मुलुकमा विकास हुन नसक्ने बताए ।

गुरुङ्गले यस क्षेत्रको विकासका निम्ति यहाँका सबै जनताहरु मिलेर संगठित भएर लाग्नुपर्ने बताउँदै लेकसाइड पछिल्लो समय पर्यटन उद्योगको हिसाबले विकास भएका छन् यस भरत पोखरीलाई समेत पर्यटनसँग जोडेर यसको विकास गर्न सकिने जानकारी दिएका छन् ।

आफ्नो विवेक, क्षमता र पहुँचले भ्याएसम्म यस क्षेत्रको विकासका निम्ति सदैव लागी पर्ने पनि बताएका छन् ।गुरुङ्गले जसरी हिजोका दिनमा पामे मोटर बाटो निर्माणको क्रममा त्यहाँका जनताहरुले आफुलाई साथ र सहयोग गरेका थिए त्यसरी नै यस ठाउँका स्थानीयबासीहरुले समेत आफ्नो ठाउँको विकासका निम्ति एक रुपता कायम गरेर साथ दिएको खण्डमा अवश्य पनि यस क्षेत्रको विकास गरेर देखाउने प्रतिबद्धता समेत व्यक्त गरेका छन् ।

उनले मंसिर ४ को निर्वाचनमा आफुलाई जिताउनुको विकल्प नभएको भन्दै स्वार्थपुतिका लागि नेतृत्व तहमा रहेका नेताहरुले विचार र सिद्धान्तमा आकाश जमिनको फरक हुदाँ–हुँदै पनि वामपन्थी कम्युनिष्ट र प्रजातन्त्रवादी पार्टी कांग्रेसबीच गठबन्धन गरेर मुलुकलाई अस्थिरता तिर लैजाने र प्रजातन्त्रलाई नै सिध्याउँने कार्य गरेको स्पष्ट पारेका छन् ।

त्यस्तै मतदाता भेटघाट एंव घरदैलो कार्यक्रमका दौरान यस क्षेत्रका मतदाताहरुले महादेव गुरुङ्ग जस्तो नेतालाई उम्मेदवारीका रुपमा देख्न पाउँदा उत्साहीत भएका छन् । त्यहाँका स्थानीयबासीहरुले गुरुङ्ग जस्तो स्वच्छ छवि भएको, निडर, विकासप्रेमी, सच्चा र इमान्दार नेता आफुहरुको क्षेत्रमा उम्मेदवारीका रुपमा पाएकोमा खुशी व्यक्त गरेका छन् ।

उनीहरुले पुतली चिन्ह लिएर स्वतन्त्र उठेका गुरुङ्गलाई मंसिर ४ मा मत दिएर पूर्ण रुपमा सघाउने बताउँदै गुरुङ्गलाई जितको लागि शुभकामना समेत दिएका छन् ।

तपाईको प्रतिक्रिया दिनुहोस्