पोखरा ।
कास्की क्षेत्र नम्बर २ का प्रतिनिधि सभा सदस्यका स्वतन्त्र उम्मेदवार महादेव गुरुङ्गलाई पोखरा–२१ निर्मल पोखरी र पोखरा–३३ भरतपोखरीका मतदाताहरुले भव्य रुपमा स्वागत गरेका छन् ।
चुनावी प्रचारप्रसारका लागि उक्त ठाउँमा पुगेका गुरुङ्गलाई त्यहाँका स्थानीयबासीहरुले फुलमाला लगाई स्वागत गरेका हुन् । पछिल्ला निर्वाचनहरुमा उम्मेदवारले सपना मात्र देखाउने तर निर्वाचन जितेर गएपछि एकपटक पनि निर्वाचित ठाउँमा नफर्कने गरेको सो ठाउँका मतदाताहरुले गुनासा गरेका छन् ।
आफुहरु पोखरा महानगरपालिका जस्तो देशकै ठुलो महानगरका जनता भएतापनि साधरण सेवा सुविधाको पहुँचबाट धेरै टाढा भएको बताएका छन् । त्यहाँका मतदाताहरुले, “मोटर बाटो त परै जावस गोरेटो बाटो पनि हिड्न सक्ने अवस्था छैन । उम्मेदवारले हामीलाई आश मात्र देखाउँछन् । विस्वास लाग्नै छोड्यो ”।
तर महादेव गुरुङ्ग जस्तो विकासप्रेमि र असल नेतालाई पून उम्मेदवारीका रुपमा यस क्षेत्रमा देख्न पाउँदा अब भने आफहरुमा केही आशा पलाएको त्यहाँका मतदाताहरुले बताएका छन् ।
गुरुङ्गले पहिले पनि खानेपानीको समस्या केही हदसम्म भएपनि सुल्झाउने कार्य गरेको बताउँदै उनी विकासमा समर्पित नेता भएको र राजनीतिलाई सेवा सम्झने व्यक्ति भएकाले उनले फेरी आफ्नो ठाउँको समस्याहरु समाधान गर्ने कुरामा आशावादी रहेको मतदाताहरुले बताएका छन् ।