पोखरा ।।
कास्की निर्वाचन क्षेत्र नं. २ बाट नेकपा एमालेका प्रतिनिधि सभा सदस्यका उम्मेदवार विद्या भट्टराई अधिकारीले सडक पूर्वाधार समृद्धिको आधार भएको बताएकी छन् । मंसीर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनका लागि पोखरा महानगरपालिका वडा नं. २० का मतदातासँग मत माग्न घरदैलोमा पुगेकी उनले उक्त क्षेत्रका अधुरा काम पुरा गर्न आफु सारथि बन्ने प्रतिवद्धता व्यक्त गरिन् ।
पोखरा महानगरमा थपिएका नयाँ वडाहरुको सडक निर्माण पहिलो आवश्यकता भएको बताउँदै उनले यस्ता वडाहरुको समग्र विकासका लागि महागरसंगै संघ र प्रदेश सरकारको ध्यान पुग्नुपर्नेमा जोड दिईन् हिमश्रृखलाको मनोरम दृश्यसंगै सुन्दर गाउँ मौजा आँटीघरमा रहेको होमस्टेको प्रवद्र्धनको लागि सडक सञ्जाल पहिलो आवश्यकता भएको उनको भनाई छ । भट्टराईले सडक यातायातले उक्त क्षेत्रमा उत्पादित कृषि उपजको बजारीकरणमा समेत टेवा पुग्ने विश्वास व्यक्त गरिन् ।
निर्वाचन क्षेत्र नं. २ (ख) का उम्मेदवार मिना गुरुङले दिगो विकास लक्ष्य प्राप्तिका लागि आफ्नो उम्मेदवारी भएको स्पष्ट पारेकी छन् । नेकपा एमालेको समृद्ध नेपाल, सुखी नेपाली अभियानलाई सार्थक बनाउनु वर्तमानको आवश्यकता भएकोमा उनको जोड छ ।