पोखरा ।
कास्की क्षेत्र नम्बर २ का प्रतिनिधि सभापछिल्ला निर्वाचनहरुमा उम्मेदवारले कास्की क्षेत्र नम्बर २ का प्रतिनिधि सभा सदस्यका स्वतन्त्र उम्मेदवार महादेव गुरुङ्गलाई मतदाताहरुले जनताका नेताका रुपमा चिनेको बताएका छन् ।
चुनावी प्रचार–प्रसारका लागि आज पोखरा–७ को रत्नचोक, एअरपोर्ट र मुस्ताङ चोकमा घरदैलो गरेका गुरुङ्गलाई मतदाताहरुले विगतमा गुरुङ्ग विकास समितिको सभापति हुदाँ जनताका लागि तत्कालिन सि.डि.यो.लाई समेत कारवार्ही गरेर जनताको पक्षमा उभिएको जानकारी दिएका छन् । त्यस समय सि.डि.यो.लाई भ्रष्टाचारको आरोप लागेको थियो ।
राज्यको अन्य निकायले सि.डि.यो.लाई कुनै कारवार्ही नगरेको र गर्ने कुरामा पनि स्वीकृत दिएको थिएन । तर गुरुङ्गले सि.डि.यो.ले गरेको भ्रष्टाचारको विरुद्ध निडर भई आफ्नो पदको कुनै चिन्ता नगरि उनलाई कारवार्ही गरेका थिए ।
उम्मेदवारले राम्रो कामको आफु र आफ्नो दलले गरेको भनेर श्रेय लिने तर नराम्रो कामको दोष अरुलाई थुपार्ने गरेको मतदाताहरुले गुनासो गरेका छन् । “जो आएपनि यसपाली म उठेको छु अब म गर्छु भन्छन् । पार्टीबाट आएका व्यक्तिहरुले केही गर्न सकेन जित पछि पार्टीके सुन्छन । हामीलाई जनता समस्यालाई सुन्ने नेता चाहिन्छ ।”
आज भएको उक्त घरदैलो कार्यक्रममा मतदाताहरुले नेताले आश मात्र देखाउने काम गरेको बताएका छन् । हामीले भोट दिएर नेतालाई जिताउँछौ र पछि निर्वाचित भएर समस्या पर्दा पनि उनीहरुले वास्ता नगर्ने भन्दै त्यहाँका जनताहरुले महादेव गुरुङ्ग जनताको प्रतिनिधि भएको र विगतमा समेत उनले धेरै राम्रा कामहरु गरेको भन्दै आफुहरुलाई गुरुङ्गबाट आशा पलाएको बताएका छन् ।
त्यहाँका जनताहरुले गुरुङ्गले कास्कीका धेरै सडक बाटोको शुरुवात गरेको र भ्रष्टाचारको विरोधमा सधै उभिने नेता भएको बताएका छन् । विशेषगरी उनी जनताको नेता भएको र उनको जित नै जनताको जित भएको समेत मतदाताहरुले स्पष्ट पारेका छन् ।