कात्तिक २६, पोखरा ।।
समृद्ध नेपाल सुखी नेपाली राष्ट्रिय युवा संघ नेपाल पोखरा १६ कास्कीले बृहत युवा भेला कार्यक्रम सम्पन्न गरेको छ । पोखरा १६ युवा संघका अध्यक्ष सुनिल थापाको अध्यक्षयतामा भएको कार्यक्रममा प्रमुख अतिथी नेकपा एमालेका केन्द्रीय सदस्य , कास्की जिल्ला ईन्चाज कृष्ण थापा रहनु भएको थियो । उँहाले पोखरा १६ ले आफ्नो ईतिहास बिर्सन नहुने र आफ्नो स्वामिमान सदा जगाउनको लागी मन कति पनि बिचलित बनाउन नहुने भएको हुदा मंसिर ४ युवा को हातमा रहेको र स्थानीय निर्वाचनलाई बिर्सेर अबको ५ बर्षको लागि बिकास चाहाने हो भने एमाले सरकारको आवस्यक परेको हुदा युवाहरूले नै आफ्नो धरातल जोगाउन आव्हान गर्नु भयो । त्यस्तै बिशेष अतिथि प्रतिनिधि सभा उम्मेदवार कास्की क्षेत्र नं. २ का बिधा भट्टराई, प्रदेश सभा उम्मेदवार कास्की क्षेत्र नं. २,२ का मिना गुरुङ, समानुपातिक उम्मेदवार डा. छममाया पुन रहनु भएको थियो । उहाँहरूले पनि अबको सरकार नेकपा एमालेको भयो भने देशले बिकासको फडको मार्ने र युवालाई कम्तिमा पनि रोजगारको सृजना गरि न्युनतम पारिस्रमिक २५००० बनाउन आवस्यक रहेको र आफूले घोषणा गरेका प्रतिबद्धता पूरा गर्ने हुदा युवा साथीहरूले अब बेलैमा बिचार गर्नु पर्ने बताउनु भयो ।
त्यस्तै अतिथिमा नेकपा एमाले जिल्ला कमिटी सदस्य दान बहादुर बाँनिया, १६ का पूर्व वडा अध्यक्ष जीवन प्रसाद आचार्य, १६ का पाटी अध्यक्ष राजेश गुरुङ, प्रदेश कमिटी सदस्य चित्र बहादुर थापा, युवा संघका केन्द्रीय सदस्य कपिल थापा र खेलकुद महासंघ कास्कीका सह- संयोजक साथै १६ का युवा संघका सचिव प्रमोद थापा रहनु भएको थियो । उहाँहरूले पनि आ- आफ्नो भनाई राख्नु भयो भने स्वागत मन्तव्य युवा संघ कास्की जिल्ला सदस्य दिपक आचार्य र नबराज ओझाले राख्नु भएको थियो ।
कार्यक्रममा अनेम संघ जिल्ला सचिव उषा बरूवाल, समाजसेवी मोहन थापा, १६ का पूर्व वडा सदस्य मेहरमान थापा, गुमा अधिकारी र बिष्णु नेपाली लगायत पोखरा १६ का युवाहरूको बाक्लो उपस्थित रहेको थियो । भने कार्यक्रम संचालन अखिल प्रदेश कमिटी सदस्य अबिनय क्षेत्रीले गर्नु भएको थियो ।