गुरुङ्गद्धारा पाँच तिर फर्किएका स्वार्थको गठबन्धनले कुनैपनि हालतमा देश विकास हुन नसक्ने स्पष्ट
  • प्रमुख खबर

पोखरा ।

कास्की क्षेत्र नम्बर २ का प्रतिनिधि सभा सदस्यका स्वतन्त्र उम्मेदवार महादेव गुरुङ्गले जनताले स्वार्थको राजनीति नचाहेको बताएका छन् । पोखरा–१५ स्थित आफ्नै निवास रहेको वडामा आज घरदैलो कार्यक्रमका दौरान सो कुरा बताएका हन् ।

उनले पछिल्लो समय नेताहरुले मतदाताहरुबाट भोट बटुल्न चुनावमा जे पनि बोल्ने र आश्वासनका पोकाका साथै सपनाहरु बाढ्ने काम मात्र गरेको बताएका छन् ।

घरदैलो कार्यक्रममा गुरुङ्गले स्वार्थ र भ्रष्टचारी नेताहरुले गर्दा देशको विकास हुन नसक्नु नै प्रमुख भएको बताए । उनले आफ्ना मतदाताहरुलाई चुनावको यस माहोलमा विभिन्न राजनीतिक दलबाट उम्मेदवार दिएका कतिपय व्यक्तिहरुले विकासका ललीपपहरु बाढ्ने काम भईरहेको हुदाँ होसियार भई मंसिरमा ४ को निर्वाचनमा मतदान गर्न आग्रह गरेका छन् ।

गुरुङ्गले पाँच तिर फर्किएका स्वार्थको गठबन्धनले कुनैपनि हालतमा देश विकास हुन नसक्ने स्पष्ट पारेका छन् । त्यस्तै सो घरदैलो कार्यक्रममा जनताहरुले यस पटकको मत स्वतन्त्र उम्मेदवारलाई दिने त्यही माथी पनि विगतदेखि वर्तमानसम्म आईपुग्दा समेत सदैव जनताको हितको पक्षमा काम गर्दै आएका निष्ठावान र जनताका नेता महादेव गुरुङ्गलाई पुतलि चिन्हमा मतदान गर्ने पनि बताएका छन् ।

तपाईको प्रतिक्रिया दिनुहोस्