पोखरा ।
यतिबेला सबै राजनीतिक दलहरु चुनाव प्रचार–प्रसारका लागि घरदैलो कार्यक्रममा व्यस्त छन् । कास्की क्षेत्र नं २ बाट प्रतिनिधि सभा सदस्यका लागि स्वतन्त्र उम्मेदवारी दिएका विकासप्रेमि नेता महादेव गुरुङ्ग पनि आफ्नो चुनावी प्रचारका लागि घरदैलो कार्यक्रममा व्यस्त रहेका छन् ।
गुरुङ्ग आज घरदैलो गर्दै पोखरा–११ फुलबारी र पोखरा–्२०, भलाम गएका छन् । पोखरा–११ र २० का मतदाताहरुले यस पटकको निर्वाचनमा गुरुङ्गलाई पूर्ण रुपमा साथ र सहयोग गर्ने बताएका छन् । उनीहरुले गुरुङ्ग जस्तो भ्रष्टाचार विरोधी, सहयोगी भाव भएको र विकासप्रेमी नेता अहिलेको आवश्यकता भएको बताएका छन् ।
विगतमा उनले धेरै विकासका कामहरु गर्न सफल भएको, दुःखी व्यक्तिरुलाई समेत उदार गर्ने कार्य गरेको बताउँदै यस पटक आफुहरुको मत गुरुङ्गलाई नै भएको बताएका छन् । पछिल्लो समय विभिन्न राजनीतिक दलहरुले जनतालाई झुक्याउने काम बाहेक अरु कुनैपनि काम नगरेको हुदाँ उनी जस्ता सच्चा नेतालाई नै यस पटक आफुहरुले अमुल्य मत दिई निर्वाचन जिताउने पनि बताएका छन् ।