कास्की क्षेत्र नं. २(२) का उम्मेदवार विन्दु कुमार थापा पैसा बाँढेर फर्कने क्रममा नियन्त्रणमा
  • प्रमुख खबर

पोखरा ।

कास्की क्षेत्र नं. २(२) का प्रत्यक्ष उम्मेदवार एंव गण्डकी प्रदेशका कानुन मन्त्री विन्दु कुमार थापा पोखरा–१६ स्थिति खोलेखेतको गन्र्धब बस्तीमा मतदाताहरुलाई पैसा बाढेर र्फकने क्रममा स्थानीयको नियन्त्रणमा परेका छन् ।

उक्त बस्तीका मतदाताहरुलाई थापाले पैसा बाढेर फर्केको खबर त्यहाँका अन्य स्थानीयबासीहरुले थाहा पाउँना साथ उनले चढेको गाडीलाई नियन्त्रणमा लिएका हुन् ।

उनले चढेको बा ०२०२ नं. को गाडीलाई त्यहाँका स्थानीयहरुले मातृशिशु मितेरी अस्पताल नजिकैबाट साँझ ७ः३० नियन्त्रणमा लिएको हो । उनको गाडीलाई नियन्त्रणमा लिए लगतै त्यहाँका बासिन्दाहरुले नारा जुलुस गरेका छन् ।

स्थानीयहरुले पोखरेली जनता सचेत छ, पैसा बाढ्न पाइदैन भन्दै, बाटुलेचौर हाम्रो हो जस्ता नारा जुलुस लगाएका छन् । उनीहरुले पैसाको प्रलोभन देखाउने र जनताको मत खरिदको लागि पैसा बाढ्ने थापालाई कारबाहीको माग समेत गरेका छन् ।

उक्त घटना भएको केही समयमा नै स्थानीयहरुले प्रहरी र कास्की २का मुख्य निर्वाचन अधिकृत दयाराम अधिकारीलाई खबर गरेका थिए । गाडी भित्र रहेका थापालाई स्थानीयहरुले बाहिर आउनको लागी नारा जुलुस गरेतापनि उनी गाडीभित्र नै मुख छोपेर बसेको एक थानीय बासीले नाम नखुलाउने र्शतमा जानकारी दिएका छन् ।

अहिले थापा र उनले चढेको गाडीलाई सुरक्षा रोहबरमा छोडिएको छ । निर्वाचन अधिकृत अधिकारीले साँझ ७ बजेपछि प्रचार–प्रसारमा निस्कन नपाईने बताउँदै विहीबार यस विषयमा छलफल गर्ने बताएका छन् । त्यस्तै यता, एमालेका स्थानीय नेताहरुले निर्वाचन आचारसंहिता उल्लंघनको आरोपमा थापा विरुद्ध विहीबार उजुरी दिने तयारी गरेका छन् ।

तपाईको प्रतिक्रिया दिनुहोस्