सरिता गुरुङ्ग
पोखरा ।
२० औं संस्करणको “समृद्धि स्टिल्स् औद्योगिक व्यापार मेला” आजबाट पोखरामा शुरु भएको छ । नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग वाणिज्य महासंघ गण्डकी र पोखरा उद्योग वाणिज्य संघको संयुक्त आयोजनामा आजबाट मंसिर २५ गतेसम्म नयाँबजार स्थित प्रदर्शनी केन्द्रमा मेला संचालन हुनेछ ।
१० दिन सम्म संचालन हुने यस राष्ट्रिय औद्योगिक व्यापार मेलाको उद्घाटन आज पोखरा उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष एंव गण्डकी प्रदेशका कानुन, संचार तथा प्रदेश सभा मामिला मन्त्री विन्दु कुमार थापाले गरेका छन् ।
मेलाको उद्घाटन गर्दैै मन्त्री थापाले कोरोनाका कारण उद्योग व्यवसायमा परेको असरले देशको अर्थतन्त्रमा समेत समस्या भएको यस परिस्थितिमा यस मेलाले उद्योग व्यवसाय र अर्थतन्त्रलाई चलाएमान बनाउन सहयोग पु¥याउने बताएका छन् । उनले गण्डकी प्रदेशलाई देशकै उत्कृष्ट प्रदेश बनाउन नीजि क्षेत्रका उद्योग व्यवसायीहरुलाई प्रोत्साहन गर्नुपर्ने धारणा समेत व्यक्त गरेका छन् ।
मन्त्री थापाले पोखरा उद्योग वाणिज्य संघलाई चारैतिरबाट चुनौतीहरु थपिदै गएकाले मेला महोत्सवलाई अलि फरक तथा परिमार्जन गरेर संचालन गर्न सुझाव पनि दिएका छन् ।
यस्तै उक्त मेला उद्घाटन कार्यक्रममा पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले महानगर र नीजि क्षेत्र मिलेर समृद्ध पोखराको यात्रामा जुट्नुपर्ने बताएका छन् ।
उनले यसको लागी महानगर र नीजि क्षेत्रबीच समन्वय हुन जरुरी रहेको जनाएका छन् । पोखरा उद्योग वाणिज्य संघको वार्षिक नियमित कार्यक्रमको रुपमा रहेको राष्ट्रिय औद्योगिक व्यापार मेलाका दुई संस्करण भने कोरोनाका कारण आयोजना हुन सकेनन् । पछिल्लो समय कोरोनाको त्रास हटेसँगै संघले यस मेलालाई यस वर्षबाट पून निरन्तरा दिएको हो । यस व्यापार मेलामा करिब २ सय ५० स्टलहरु रहेको संघका अध्यक्ष पवन कुमार प्रजापतिले जानकारी दिएका छन् ।
नेपालकै प्रतिष्ठित व्यवसायिक घराना लक्ष्मी हाउसको मुख्य प्रायोजन एंव नेपाल पर्यटन बोर्डको प्रवद्र्धनमा लगानीको सम्वद्र्धनः उद्योग व्यवसायको प्रवद्र्धन भन्ने नारासहित यस व्यापारिक मेला आयोजना भएको हो । अध्यक्ष प्रजापतिका अनुसार नारा अनुरुप नै यस मेला गण्डकी प्रदेशको व्यवसाय विस्तारको संभावनाको खोजी तथा यस प्रदेशको पर्यटकीय सम्भावना उजागर गर्ने उद्देश्यमा समर्पित रहने बताएका छन् ।