रामप्रसाद पाैडेल,
१७ मङ्सिर-पाेखरा
बी जी हस्पिटल रिसर्च सेन्टर पाेखराकाे प्रायाेजन तथा न्युराे अार्ट नेपाल, पाेखराकाे सहकार्यमा
नेपालमै प्रथम पटक न्युराे अार्ट रेसिडेन्स कार्यशाला अायाेजना गरिएकाे छ। मङ्सिर १६ देखि १८ सम्म काँहु डाडा रिसाेर्टमा अायाेजन रहेकाे साे वर्कसप शुक्रबार साँझ वरिष्ठ मनाेचिकित्सक प्रा डा निर्मल लामिछानेले पानसमा बत्ती बालेर उद्घाटन गर्नुभयाे । उद्घाटन कार्यक्रममा बाेल्दै कार्यशाला संयाेजक वरिष्ठ कलाकार हरेराम जाेजी ले न्युराे अार्ट पश्चिमी देशहरुमा धेरै पहिलेदेखि बिकसित भै सकेकाे भए पनि नेपालमा भने गत वर्षदेखिमात्र यसकाे प्रारंभिक चरण शुरु भएकाे र एक वर्षकाे अन्तरालमै याे अधिकाशं नेपालीहरुकाे रुचिकाे विषय बनिसकेकाे बताउनु भयाे ।
साथै उहाँले नेपालमा न्युराे अार्टकाे उदय पाेखराबाटै शुरुभएकाे र स्वयं अाफैले शुरु गरेकाे पनि बताउनु भयाे । उद्घाटन कार्यक्रममा बाेल्दै वरिष्ठ मनाेचिकित्सक प्रा डा निर्मल लामिछानेले न्युराे अार्ट पद्धति मनाेराेग उपचार प्रकृयामा एक प्रकारकाे याैगिक थेरापी पनि भएकाेले स्वस्थ्य जीवनका लागि याे अार्ट अत्यावश्यक रहेकाे बताउनु भयाे । साथै उहाँले यस प्रकारकाे न्युराे अार्ट रेसिडेन्स वर्कसप नेपालकाे इतिहासमै प्रथम पटक अायाेजन गरिएकाे बताउनु भयाे ।
अायाेजित न्युराे अार्ट रेसिडेन्स वर्कसपमा पाेखराका एक दर्जनभन्दा बढी स्थापित कलाकारहरुले न्युराे अार्ट गरिरहेकाछन् भने वर्कसपमा भारतीय कलाकार प्रकाश चांदवडकरकाे सहित सहभागिता रहेकाे छ ।