न्यानो कपडा एवम् स्टेसनरी सामाग्री वितरण कार्यक्रम सम्पन्न
  • प्रमुख खबर

बरिस्ठ संम्बादाता अमृत कुमार भट्टराई
पोखरा,१९ मंसिर ।।
लायन्स क्लब अफ तनहुँ खैरेनिटारकाे अायाेजनामा शुक्लागन्डकि नगरपालिका वडा नम्बर ११ अलैचे स्थित सरस्वती प्रा वि मा न्यानो कपडा एवम् स्टेसनरी सामाग्री तथा खाजा वितरण गरियाे । लायन्स क्लब ईन्टरनेशनल ३२५ एल नेपाल का village adaptation Team का Team leader लायन चुडामणी दाहालकाे प्रमुख अतिथ्यतामा सम्पन्न कार्यक्रममा लायन्स क्लब अफ तनहुँ खैरेनीटार का निवर्तमान अध्यक्ष पिताम्बर तिमिल्सिना ,शुक्लागन्डकी वडा नम्बर ११ का वडा सदस्य खिमलाल भन्डारी ,गिरिराज थापा,विध्यालयका प्रअ मुक्ति नाथ सिग्देल ,व्यवस्थापन समिति अध्यक्ष रामप्रसाद सिग्देल ,क्लबका प्रथम उपाध्यक्ष प्रमाेद लामिछाने ,क्लब प्रशाशक सुन्दर वस्याल लगायतले बाेलेका थिए ।

क्लबका अध्यक्ष नारायण प्रसाद पाेख्रेलकाे सभापतित्वमा सम्पन्न कार्यक्रममा लियो क्लब दुलेगौंडा खैरेनीटार मन्त्र का अध्यक्ष प्रज्वल गुरूङ,लायन्स क्लब सेतिरिभर स्टारका उपाध्यक्ष मदन सिग्देल ,लायन्स क्लब तनहुँ खैरेनीटार का काेषाध्यक्ष शेषकान्त पाैडेल ,क्लब सर्भिस चियर पर्सन महेन्द्र हमाल ,लगायतको उपस्थिति रहेको  थियो ।क्लबका टेल टुईस्टर कमल वाग्लेको संयाेजकत्वमा भएको कार्यक्रम संन्चालन क्लबका सहसचिव प्रकाश ढकाल ले गर्नेुभएकाे थियोे । कार्यक्रममा बाेल्दै क्लबका अध्यक्ष नारायण प्रसाद पाेख्रेलले क्लबले  लायन वर्ष २०२२-२३ भर यस्तै  दुरदराजमा रहेका ,सराेकारवाला बाट अलि नजर नपुगेको ठाउँमा जाहा अावश्यकता त्यहा लायन्स भन्ने मुल मन्त्र का साथ कार्यक्रम अगाडि बढाउने उल्लेख गर्ये।

कार्यक्रममा बाेल्दै विद्यालय का प्रअ ,विव्यसका अध्यक्ष ,स्थानीय जनप्रतिनिधि ले क्लबकाे याे कार्य प्रशंसनीय रहेको बताए । विगतमा कुनै संस्था काे अाखा नपरेको यश विद्यालय मा पाेसाक खरिद गर्न नसक्ने विपन्न वर्गका विद्यार्थी जाडो मा कठाङ्गरिने अबस्था,Track suit dress बजारका विद्यालय मा लगायकाे देख्दा मन खिन्न पार्दै बस्नुपर्ने अबस्थाकाे अन्त्य भएकोमा लायन्स लाई धन्यवाद ज्ञापन गरेका थिय।

कार्यक्रम बाेल्दै प्रमुख अतिथि दाहालले बालबालिकालाई पढाइ प्रति उत्प्रेरित गर्न लायन्स ले सधैं समुदाय सग हातेमालो गर्ने बताए । सधै बजार अासपासमा गरिने पाेसाक वितरण कार्यक्रम पृथ्वी राजमार्ग बाट करिब १५ कि मि दुरिकाे दुर्गममा गर्दा लक्ष्यित वर्ग लाभान्वित भएको र कार्यक्रम फलदायी हुनेमा क्लबले विश्वास लिएको वक्ता हरूकाे भनाई रहेको थियो ।

तपाईको प्रतिक्रिया दिनुहोस्