एमाले कास्कीले धन्यवाद एवं बधाई सभा गर्ने
  • प्रमुख खबर

पोखरा, २४ मंसिर ।।

नेकपा (एमाले), कास्कीले यही मंसिर २७ गते बृहत् कार्यकर्ता भेलासहित बधाई एवं धन्यवाद ज्ञापन सभा आयोजना गर्ने भएको छ ।

पोखरा सभागृहमा बिहान ११ बजे हुने भेलालाई एमाले महासचिव शंकर पोखरेल लगायतका केन्द्रिय नेताहरूले सम्बोधन गर्ने कार्यक्रम रहेको एमाले कास्कीका कार्यवाहक अध्यक्ष तेजनारायण अधिकारीले जानकारी दिए।

सो सभामा पार्टीको तर्फबाट मंसिर ४ गते सम्पन्न भएको प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनमा विजयी उम्मेदवार र प्रतिस्पर्धी उम्मेदवारसहित कास्कीका अगुवा नेता, कार्यकर्तासहित आम जनसमुदायलाई सहभागी हुन कार्यवाहक अध्यक्ष अधिकारीले अपिल समेत गरेका छन् ।

तपाईको प्रतिक्रिया दिनुहोस्