पोखरा, २५ मंसिर ।।
सराङ्गकोट बहुउद्देश्यीय सहकारी संस्थाको १६ औ वार्षिक उत्सवको अवसरमा विद्यार्थीहरुलाई न्यानो कपडा वितरण गरिएको छ । सराङ्गकोट सहकारी संस्थाले सामाजिक उत्तरदायित्व अन्तर्गत पोखरा १८ मा रहेको जन जागृतमा मा.वि. का २४ जना विद्यार्थीहरुलार्य न्यानो कपडा वितरण गरिएको हो ।
न्यानो कपडा वितरण गर्दै संस्थाका पूर्व अध्यक्ष प्रेम बहादुर जि.सीले सहकारी मार्फत विद्यार्थीलाई गरिएको सहयोग महत्वपूर्ण रहेको बताए । संस्थाले स्थापना देखी सञ्चार, आर्थिक कारोबार सँगै विविध सामाजिक कार्यहरु गरिदै आएको अध्यक्ष कृष्ण बहादुर थापाले बताए । कार्यक्रममा विद्यालयका प्राचार्य यम बहादुर थापा, संस्थाका सल्लाहकार इन्द्र कमल मानन्धर, लेखासमिती सदस्य शिव बहादुर थापा, व्यवस्थापक सुरेन्द्र थापाले संस्थागत भनाई राखेका थिए ।
संस्थाले यस वर्ष त्रिदिवसीय कार्यक्रम अन्र्तगत सदस्य स्वास्थ्य सचेतना ,समुदायिक विद्यालयका विद्यार्थीहरुलाई न्यानो कपडा ,बृद्घाश्रममा भौतिक सामान वितरण गरिने भएको छ ।