पोखरा, ३ पौष ।।
क्षत्री समाज नेपाल पाेखरा १६ काे चाैथाे अधिबेशन तथा दशाै साधारण सभा सम्पन्न भएको छ । क्षत्री समाज नेपाल महिला कार्य समिति पाेखरा १६ का अध्यक्ष शुशिला थापाकाे अध्यक्षतामा भएको कार्यक्रममा अतिथि क्षत्री समाज नेपाल केन्द्रिय उपाध्यक्ष लक्ष्मी पाण्डे, क्षत्री समाज नेपाल केन्द्रिय महिला समिति काेषाध्यक्ष सृजना थापा, क्षत्री समाज नेपाल गण्डकी प्रदेश समितिका अध्यक्ष बेनि बहादुर बस्नेत, क्षत्री समाज नेपाल कास्की जिल्ला समितिका अध्यक्ष पदम बहादुर कार्कि, क्षत्री समाज नेपाल भैरहवा नगर समिति अध्यक्ष मिलन बस्नेत, क्षत्री समाज नेपाल कास्कि जिल्ला समितिका बरिष्ठ उपाध्यक्ष दिल बहादुर अधिकारी क्षत्री, उपाध्यक्ष चेत बहादुर कार्की, सदस्य अर्चना बस्नेत राेकाहा, गणेश कुँवर, रेनु थापा, मैया कूँवर, राम लामिछाने, लगायत क्षत्री समाज नेपाल पाेखरा १६ का अध्यक्ष सन्दीप थापा रहनु भयकाे थियाे ।
अतिथि क्षत्री समाज नेपाल केन्द्रिय उपाध्यक्ष लक्ष्मी पाण्डे र क्षत्री समाज नेपाल गण्डकी प्रदेश समितिका अध्यक्ष बेनि बहादुर बस्नेतले हामी क्षत्रीहरूले आफ्नो थर भन्न लाज मान्ने र हरेक कुरामा आफ्नो क्षेमता हुदा हुँदै पनि यो देशमा क्षत्रीका हरेक अबसरहरू गुमेका हुदा यस्ता अबसरबाट बन्चित हुन नदिन तल्लो कमिटीबाट शुरूवात भई केन्द्र सम्म पुर्याउन सबैको आवश्यकता रहेको बताउनु भयो ।
कार्यक्रमको दोस्रो चरणमा अधिबेशनबाट क्षत्री समाज नेपाल महिला कार्यसमिति पाेखरा १६ काे नयाँ कार्य समितिमा सर्वसम्मत रुपमा अध्यक्षमा मन्जुश्री थापा बस्नेत, प्रथम उपाध्यक्षमा मनु बस्नेत, दितिय उपाध्यक्षमा गंगा कार्की, तिर्तिय उपाध्यक्षमा नारायणी थापा बस्नेत, सचिवमा शिवशाेभा खड्का बस्नेत, काेषाध्क्षमा सिता कार्की र सह-सचिवमा किरण थापा लगायत १३ जना सदस्य सहित २० जनाकाे कार्यसमित चयन भयकाे क्षत्री समाज नेपाल पाेखरा १६ का अध्यक्ष सन्दीप थापाले जानकारी दिनु भयो ।