११ औं संस्करणको पोखरा महोत्सव पौष २७ देखि
  • प्रमुख खबर

सरिता गुरुङ्ग
पोखरा,पौष ६ ।।

सामाजिक सेवामा समर्पित र सामाजिक मनोभाव भएका व्यक्तिहरुको समूहलाई समेट्दै स्थापित युनाईटेड क्लब पोखराले ११ औं संस्करणको पोखरा महोत्सवको तयारीलाई तीब्र रुपमा अगाडी बढाएको छ । क्लबले आज पत्रकार सम्मेलनको आयोजना गरि महोत्सवको तयारीलाई तिव्रता दिएको जानकारी दिएको हो । महोत्सव पौष २७ देखि माघ ९ गतेसम्म पोखराको अमरसिंह चौरमा आयोजना हुने भएको छ । “युवाको जाँगर राष्ट्र निर्माणको आधार” भन्ने मुल नाराका साथ स्थापित यस क्लबले समाजलाई माथि उठाई राष्ट्र विकासका लागि केही गर्नुपर्छ भन्ने उद्देश्यका साथ शिक्षा, स्वास्थ्य, खेलकुद र पर्यटन प्रवद्र्धन तथा सेती नदी संरक्षणको क्षेत्रमा निरन्तर कार्य गर्दै अगाडी बढिरहेको छ । क्लबले यसै उद्देश्य परिपुर्ति गर्नका लागि आफ्नो स्थापना कालदेखि नै पोखरा महोत्सवको आयोजना गर्दै आइरहेको छ । शिक्षाको उज्यालो घामबाट कुनैपनि बालबालिका बञ्जित हुन नपरोस भनि महोत्सवकै आम्दानीबाट गरिब तथा जेहेन्दार विद्यार्थीहरुका लागि १२ वटा सामुदायिक विद्यालयहरुमा छात्रवृत्ति कोषको स्थापना गरिएको क्लबका अध्यक्ष राजु श्रेष्ठले बताएका छन् ।
यस्तै आर्थिक अभाव भई स्वास्थ्य लाभ लिन नसकेका तथा ग्रामीण क्षेत्रलाई लक्षित गरी स्वास्थ्य शिविर राखि जनसमुदायलाई प्रत्यक्ष स्वास्थ्यलाभ लिन सक्ने कार्यक्रमहरु समेत गर्दै आएको श्रेष्ठले बताए ।
अध्यक्ष श्रेष्ठका अनुसार युवाहरुलाई कुलतमा फस्नबाट रोक्नका लागि विभिन्न खेलकुदका कार्यक्रमहरु आयोजना गर्दै आउनुका साथै क्लबले विभिन्न संघ संस्थाले आयोजना गर्ने खेलकुदका कार्यक्रमहरुलाई प्रायोजन, प्रवद्र्धन र सहयोगी संस्थाको रुपमा रहि टेवा पु¥याउदै आइरहेको पनि जानकारी दिएका छन् ।
पर्यटन क्षेत्रलाई मध्यनजर गरी पोखरामा मानव निर्मित खुल्ला चिडियाखानाको निर्माण हुनुपर्छ भन्ने अवधारणालाई अघि बढाउँदै हालसम्म क्लबले चिडियाखाना निर्माणका लागि ५८ लाख ८५ हजार नगद प्रदान गरिसकिएको समेत उनले बताएका छन् ।
उक्त चिडियाखाना पोखरा महानगरपालिकाको वडा नं.३०, ३१ र ३२ मा रहेको पचभैया, चापापानी चिसाकुना र चैनपुर सामुदायिक वन क्षेत्रको १ सय ३४ हेक्टर जमिनमा शिलान्यास भई पशुपंछी उदार केन्द्र हुँदै अहिले गण्डकी प्रदेश सरकारले प्रदेशको गौरवको योजनामा राखी जिल्ला डिभिजन वन कार्यालयमार्फत निर्माणको कार्य अगाडी बढिरहेको जानकारी समेत अध्यक्ष श्रेष्ठले दिएका छन् । उनले क्लबले राष्ट्र विकासका लागि विभिन्न विकासका कामहरु गर्दै आएकोमा प्रत्येक महोत्सवमा प्रति टिकट रु १ रुपैँया छुटाई सेती नदी संरक्षणको अभियान अगाडी बढाएको बताएका छन् । उनका अनुसार पर्यटन प्रर्वद्धन गर्नका लागि पोखराको बिच भागबाट बग्ने सेती नदीको खोचलाई साहासिक पर्यटकिय स्थान बनाउने पहल कदमी लिने बताएका हुन् । यस ११ औं पोखरा महोत्सवबाट बचत हुने रकमले लेखनाथको अर्चलेमा आवासिय छात्रबास पनि बनाउने योजना आफुहरुले लिएको समेत पत्रकार सम्मेलनमार्फत जानकारी दिएका छन् ।
त्यस्तै क्लबका महासचिव एंव प्रचार–प्रसार उपसमितिका संयोजक दिनेश सुनारका अनुसार १३ दिनसम्म संचालन हुने यस महोत्सवमा २ सय ५८ वटा स्टलहरु रहने बताउँदै पर्यटन प्रवद्र्धन, पर्यटकीय स्थानको जानकारी दिने स्टललाई निःशुल्क स्टल उपलब्ध गराईने बताएका छन् । कृषि तथा हस्तकलाका स्टलहरुलाई भने विशेष छुट प्रदान गरिने भएको छ । यस महोत्सव अवलोकनका लागि २ देखि साँढे २ लाखसम्म दर्शकहरु आउने अनुमान गरिएको आयोजकले जनाएको छ । महोत्सवले देशको कला, संस्कृति, भेषभुषाको संरक्षण, शिक्षा, स्वास्थ्य, खेलकुद तथा पर्यटनको विकास गरी देशलाई समृद्धि तिर पु¥याउन, विकसित सुचना प्रविधिको जानकारी सर्वसाधारण समक्ष पु¥याउन, गण्डकी प्रदेशमा रहेका पर्यटकीय स्थानको बारेमा जानकारी दिँदै आन्तरिक तथा बाह्य क्षेत्रमा उत्पादित वस्तुहरुको बजार सहजीकरण गराउने, आर्थिक चलायमान गराई रोजगार सृजना गराउने र उद्योगको प्रवद्र्धन गर्ने उद्देश्य रहेको प्रचार–प्रसार संयोजक सुनारले बताएका छन् ।

तपाईको प्रतिक्रिया दिनुहोस्