पोखराको फेवातालमा माछाका भूरा छाडियो
  • प्रमुख खबर

पोखरा, पौष ९ ।।                                                 सुन्दर नगरिए पोखराको फेवातालमा माछाका भूरा छाडिएको छ । पोखरामा बल्छी खेल्नेहरू बिशेष गरी शहर माछासँग खेल्नेहरूको समूहबाट काली गण्डकी मत्स्य केन्द्रको सहयोगमा तालमा ७ हजार माछाका भूरा छाडिएको हो ।


आज स्थानीय बासिन्दा सैलेश रायमाँझी, राम परियार, हिमालय प्रोजेक्टका बेल्जियम निवासी पाउल भान्डे मोर्टेल लगाएतले शहर, गर्दी र कत्ले जातका माछाका भूरा तालमा छाडेका हुन् । उनिहरूले फेवातालमा पाइने स्थानीय जातका माछा संरक्षण गदै लोप हुदै गएका शहर, गर्दी र कत्ले जातका माछालाई ब्राण्डिङ गर्नु पर्ने बताएका छन् ।

लोप हुदै गएका माछाहरूको संरक्षण र व्राण्डिङ गर्न सके भावी पुस्तालाई चिनाउन सहज हुने उनिहरूको भनाई रहेको छ ।बल्छी खेल्दा सहर माछासँग खेल्न साह्रै नै रमाईलो हुने हुँदा हामीले त खेल्न पाएका छौं, भावी पुस्ताले पनि खेल्न पाँउन भन्ने उद्देश्य महासीर जातको सहर माछालाई प्रत्येक बर्ष छोड़ने गरिएको अभियानका सदस्य सैलेश रायमाझीले बताए ।

तपाईको प्रतिक्रिया दिनुहोस्