काठ्माण्डौं ।
छिमेकी मुुलुकमा कोरोना भाइरसका सङ्क्रमण बढिरहेकाले अतिरिक्त मात्रामा बुस्टर डोजका लागि सरकारले खोप ल्याउने प्रक्रिया शुरु गरेको छ ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले बुस्टर डोजका लागि खोप ल्याउन औपचारिक रुपमा भ्याक्सिन र खोपका लागि ग्लोबल एलायन्स “गाभी” लाई पत्र लेखेको छ ।
स्वास्थ्य सेवा विभागको परिवार कल्याण महाशाखाका खोप शाखाका प्रमुख सागर दाहालले विहीबार १५ लाख खोपका लागि “गाभी” लाई पत्र पठाएको जानकारी दिएका छन् । “गाभी” ले कोभ्याक्स सुविधिामार्फत नेपाललाई खोप उपलब्ध गराउने भएको छ ।
कोरोना भाइरसको सङ्क्रमण बढ्दै गएपछि बुस्टर खोप ल्याउनका हिजो मात्र कोभ्याक्सलाई पत्र लेखेको बताएका उनले बताएका छन् । उनका अनुसार कोभ्याक्सले यही पौषको तेस्रो हप्तामा खोप पठाउने जानकारी दिने पनि बताए ।