पाेखरा ।।
क्षत्री समाज नेपाल पाेखरा १६ ले ”अन्तराष्ट्रिय बुवाआमा दिवस” को अवसरमा पाेखरा १६ मा रहेका जेष्ठ नागरिकहरुलाई संम्युक्त रुपमा सम्मान गरेको छ । सम्मान हुनेमा ७५ बर्ष उमेर देखि माथिका १८२ जना बुवा आमालाई दाेसल्ला र प्रमाण पत्र सहित सम्मान गरिएको थियो ।
क्षत्री समाज नेपाल प्रारम्भिक कार्यसमिति पाेखरा १६ का अध्यक्ष सन्दीप थापाकाे अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि क्षत्री समाज नेपाल केन्द्रिय समिति पुर्व महासचिव एवं हाल क्षत्री समाज नेपाल केन्द्रिय समितिका सल्लाहकार कुमार खडका रहनु भएको थियो । त्यसै गरि बिशिष्ठ अतिथिमा
क्षत्री समाज नेपाल केन्द्रिय महिला समिति संस्थापक अध्यक्ष एवं हाल क्षत्री समाज नेपाल केन्द्रिय समिति सल्लाहकार प्रा. डा पुष्पा के सी भण्डारी रहनु भएको थियो । भने क्षत्री समाज नेपाल केन्द्रिय समिति सल्लाहकार कृष्ण बहादुर थापा, क्षत्री समाज नेपाल केन्द्रिय समिति उपाध्यक्ष लक्ष्मी पाण्डे, क्षत्री समाज नेपाल गण्डकी प्रदेश समिति, अध्यक्ष बेनि बहादुर बस्नेत,क्षत्री समाज नेपाल कास्कि जिल्ला समिति अध्यक्ष पदम बहादुर कार्की, क्षत्री समाज नेपाल गण्डकि प्रदेश समिति सदस्य शुशिला थापा,क्षत्री समाज नेपाल केन्द्रिय समिति सल्लाहकारराम बहादुर बानियाँ,क्षत्री समाज नेपाल केन्द्रिय समिति सदस्य एवं केन्द्रिय भु पु सैनिक समिति, पुर्व अध्यक्ष अनिरुद्र थापा र क्षत्री समाज नेपाल केन्द्रिय महिला समिति, काेषाध्यक्ष सृजना थापा रहनु भएको थियो ।
त्यसै गरि अतिथिमा क्षत्री समाज नेपाल कास्की जिल्ला समिति उपाध्यक्ष चेत बहादुर कार्की, क्षत्री समाज नेपाल कास्की जिल्ला समिति सदस्य बिष्णुमाया बानियाँ र क्षत्री समाज नेपाल केन्द्रिय युवा समिति उपाध्यक्ष मन्जित थापा लगायत पार्वति बस्नेत, गिता थापा,बिन्दु थापा, मिना बानियाँ, अनिल बस्नेत, तिलक बहादुर के सी, केशव बस्नेत, मन्जु श्री थापा, हरि बहादुर बानियाँ र हाेम बहादुर थापा रहनु भएको थियो । कार्यक्रममा शुभकामना, स्वागत मन्तव्य क्षत्री समाज नेपाल प्रारम्भिक कार्यसमिति पाेखरा १६ का सदस्य रामशरण बानियाँले राख्नु भएको थियाे ।
कार्यक्रम हल उपलब्ध गराई दिनु भएकाेमा कालिका बहुउदेश्यिय भवन परिवार र स्वास्थ्य डेक्स राखी जेष्ठ नागरिकहरुलाई निशुल्क स्वास्थ्य जाँच र निशुल्क औषधि बितरण गरि सहयाेग गर्नु भएकोमा मातृशिशु मितेरी अस्पताल परिवार प्रति पाेखरा १६ का अध्यक्ष सन्दीप थापाले आभार प्रकट गर्नु भयो । भने कार्यक्रम संचालन क्षत्री समाज नेपाल प्रारम्भिक कार्यसमिति पाेखरा १६, का सचिव गाेबिन्द बहादुर थापा “राजेन्द्र” ले संचालन गर्नुभएकाे थियो ।
प्रतिक्रिया लेख्नुहोस्:-