पोखरा ।
पोखरामा एक विद्यालयको छतबाट खसेर एक किशोरी घाईते भएकी छन् । पोखरा महानगरपालिका वडा नं. ८, बगालेटोलस्थित निलगिरी बोर्डिङ स्कुलको छतबाट खसेर १५ वर्षिय किशोरी घाईते भएकी हुन् ।
भारतको विहारस्थित मोतिहारी घर भएकी चाहत शाह नाम गरेकी किशोरी खेल्ने क्रममा विद्यालयको छतबाट खसेकी हुन् । उक्त घटना लगतै उनको तत्काल उद्धार गरि पोखराको मणिपाल शिक्षण अस्पतालमा उपचार भईरहेको कास्की प्रहरीले बताएको छ । अहिले घटनाको अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।