विरौटामा धान रोप्दै मदरल्याण्डका विद्यार्थीहरू
  • प्रमुख खबर

पोखरा ।।
किताबमा पढेको ज्ञानलाई दैनिक जीवनसँग जोड्दै व्यावहारोपयोगी बनाउन पोखराको मदरल्याण्ड माध्यमिक विद्यालयका विद्यार्थीहरू असार पन्ध्र तथा राष्ट्रिय धान दिवसको अवसर पारेर विरौटामा भएको रोपाइँमा सहभागी भएका थिए ।

कक्षा सात र आठका विद्यार्थीहरू प्रत्यक्ष सहभागी भएको उक्त कार्यक्रममा धानको उत्पादन कसरी हुन्छ र हाम्रो घरघरमा आइपुग्छ भन्ने कुरा जानकारी गराउँदै असारको महत्त्वमाथि प्रकाश पारिएको थियो । यसै अवसरमा विद्यार्थीहरू धान रोप्दै हिलो पनि खेलेका थिए । यसरी प्रयोगात्मक रूपमा खेतमा उपस्थित भएर धान रोप्न र हिलो खेल्न पाउँदा विद्यार्थीहरू निकै खुसी भएको कुरा विद्यालयका सञ्चार प्रमुख होमनाथ भट्टराईले जानकारी दिनुभयो ।

करिब एक महिनाअघिदेखि धान प्रोजेक्ट अगाडि सारेर कक्षाकक्षामा धानको बिउ राख्न लगाइएको र त्यही बिउ असार पन्ध्रको अवसर पारी रोपिएको कुरा विद्यालयका संस्थापक एवम् एकेडेमिक डीन प्रेमनारायण पोख्रेलले जानकारी दिनुभयो ।

रोपाइँ कार्यक्रममा कक्षा सात र आठका कक्षाशिक्षक, सहकार्यकलाप प्रमुख सुनिल सुवाल, एकेडेमिक डिन प्रेमनारायण पोख्रेल, प्राचार्य नारायण बराल, संस्थापक विष्णुप्रसाद बराललगायत सहभागी हुनुभएको थियो।

तपाईको प्रतिक्रिया दिनुहोस्