नारायणगढ–मुग्लिन सडक खण्डको यात्रा पहिरोका कारण अनिश्चित
  • प्रमुख खबर

मुग्लिन ।

नारायणगढ–मुग्लिन सडक खण्डको यात्रा पहिरोका कारण अनिश्चित बनेको छ । चितवनको इच्छाकामना गाउँपालिका–५ स्थित तीन नम्बर पुलमा गएरातिदेखि गएको पहिरोको कारण दुईतर्फी सडक अवरुद्ध भएको छ ।

पहिरो पन्छाएर केहीबेरमा सडक खुलाए पनि फेरि बन्द हँुदा यात्रुलाई सास्ती भएको छ । गएको बिहीबार यता यो सडक मुस्किलले १५ घण्टा मात्रै सञ्चालनमा आएको छ ।

सडकमाथिको पहाड पुरै खस्ने जोखिम रहेकाले यात्रा असुरक्षित छ ।अझै दुई तीन दिन सकेसम्म यो सडकको यात्रा नगर्न सडक डिभिजन कार्यालय भरतपुरको अनुरोध छ।

यो सडक हुँदै दैनिक औसतमा १० हजार सवारीसाधन आउजाउ गर्ने गर्दछन् । पटक–पटक सडक बन्द हुँदा पूर्व र पश्चिम हुँदै काठमाडौँ ओहोरदोहोर गर्ने यात्रु बढी मर्कामा परेका छन् ।

तपाईको प्रतिक्रिया दिनुहोस्