पोखरा ।।
क्षत्री समाज नेपाल प्रारम्भिक कार्यसमिति पाेखरा १६ ले दिप प्रज्वलन गरी बार्षिक उत्सव मनाएको छ । सन्दीप थापाकाे अध्यक्षतामा नवगठित १८ सदस्यीय समितिकाे आज असार २५ गते साेमबार एक बर्ष पुगेकाे अवसरमा अाफनाे कार्यकालकाे एक बर्षकाे अवधिलाई सम्झना गर्दै पोखरा १६ मैदानमा अबस्थित कालीका माताकाे मन्दिर परिसरमा दिप प्रज्वलन गर्दै आफ्नो १ बर्षे कार्यकालकाे बार्षिक उत्सव मनाएको क्षत्री समाज नेपाल प्रारम्भिक कार्यसमिति पाेखरा १६ का अध्यक्ष संदिप थापाले जानकारी दिए ।
कार्यक्रमा कार्यसमिति पदाधिकारी, सल्लाहकार, महिला कार्य समितिका पदाधिकारी, भु पु कार्य समितिका पदाधिकारी, अाजिवन सदस्य, साधारण सदस्य लगायत पाेखरा १६ का क्षत्री बुबाअामा, दाजुभाइ तथा दिदी बहिनिहरूको उल्लेखनीय सहभागीता रहेको थियो भने सहभागी सबैले दिप प्रज्वलन गरी भजन कृतन गरेका थिए ।