डेंगी रोग नियन्त्रण सम्बन्धी जनचेतना कार्यक्रमकाे अन्तिम दिन घारीपाटन क्षेत्रका संवेदनशिल ठाउँहरूमा घरदैलो
  • प्रमुख खबर

पोखरा ।।

पोखरा महानगरपालिका वडा नम्बर ७ ले अाज तेस्रो र अन्तिम दिनपनि डेंगी रोग नियन्त्रण सम्बन्धी जनचेतना कार्यक्रमलाई निरन्तरता दिएकाे छ ।

यस सचेतना कार्यक्रम अन्तर्गत अाज अन्तिम दिन घारीपाटन क्षेत्रका संवेदनशिल ठाउँहरूमा घरदैलो अभियान गरि डेंगी रोग र यसको असर यसबाट बच्ने उपायकाे बारेमा सजक गर्दै जथाभाबी फोहोर मैला नफाल्न अनुरोध गरेको छ ।

साेही वडाका जनप्रतिनिधिहरु सुनिता सुनार र बसुन्धरा लामिछानेकाे नेतृत्वमा अाजकाे डेंगी रोग नियन्त्रण सम्बन्धी घरदैलो कार्यक्रम भएको हाे ।

पहिलो चरणको सचेतना कार्यक्रम अन्तर्गत नुवारथोक र मासबार क्षेत्रमा घरदैलो अभियान गरेकाे यस वडाले हिजाे बुधबार र अाज विहिबार घारीपाटन र ढाँँड क्षेत्रमा पनि साेही कार्यक्रमलाई निरन्तरता दिएकाे वडा सदस्य अर्जुन थापाले जानकारी दिए ।

दोस्रो चरणमा टोल समिति, क्लव, आमा समुह तथा संघ संस्थालाई डेंगी रोगको न्युनिकरण र यसबाट बच्ने उपायहरु सम्बन्धी प्रशिक्षण गराइने थापाले बताए । उनले डेंगी संभावित स्थान र लार्भाको पहिचान भए नष्ट गर्न वडाले स्प्रे तथा पाउडरको व्यवस्था गर्ने बताए ।

तपाईको प्रतिक्रिया दिनुहोस्