वडा नं २० काे आयाेजनामा सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न
  • प्रमुख खबर

पोखरा ।।

पाेखरा महानगरपालिका वडा नं २० काे अायाेजना र पव्लिक  फाेर के टेलिभिजनकाे सहजिकरणमा बुधबार
वडा प्राङगणमा आर्थिक वर्ष २०७९/०८० मा वडावाट गरिएका कार्य सम्पादन,सेवाप्रवाह,विकास निर्माणका वारेमा वडाबासिसंग जनप्रतिनिधि अर्थात सार्वजनिक  सुनुवाई कार्यक्रम  सम्पन्न  भएकाे छ ।

वडावासिले विशेष गरी वडा कार्यालय भवन कहिले सम्म बनि सक्छ, वडा नजिककाे कलवर्ड वन्न कति समय लाग्छ, माैजा क्षेत्रमा सहज रुपमा बस संचालन कहिलेसम्म गरिनेछ, माैजा जाने सडक निर्माणले कहिले पुर्णता पाउँछ आदी बारेमा प्रश्न उठाएका थिए । भने वडा अध्यक्ष गंगा बहादुर खत्री, वडा सदस्य गन्जमान गुरुङ, वडा सचिव हरिकृष्ण आचार्यले सहभागिहरुले राखेको जिज्ञासाबारे प्रष्ट पारेका थिए ।

टाेलटाेल, वस्तिवस्तिमा ३ टाेली बनाई करिव एक हप्ता समय खर्चेर वडावासिले जे देखेका थिए ,जे भाेगेका थिए त्यसलाई जस्ताकोतेस्तै आफ्नाे प्रतिवेदन उदिप राज ढुङगानाले प्रस्तुत गरेका थिए । वडाले आ व २०७९/०८० मा ८०.८६ प्रतिशत प्रगति हासिल गरेकाे छ । आ व २०८०/०८१ मा यस वडामा संघिय सरकार, गण्डकी प्रदेश सरकार , महानगर,वडाकाे समेत गरी करिव २० कराेडकाे विकास निर्माणका  कार्य हुनेछ ।उक्त कार्यक्रममा वडामा कृयाशिल राजनैतिक पार्टीका प्रमुखहरु,सवै टाेल विकास संस्था, क्लव, आमा समूह, संघ संस्थाका प्रतिनिधिहरु, नागरिक समाज,लगाएत सर्वसाधारण वडा वासिहरुकाे वाक्लाे उपस्थिति रहेकाे थियाे । वडाकाे निमन्त्रणालाई सहर्ष  स्विकार गरेर उपस्थित भैदिनु भएकाेमा यँहाहरु सवैलाई वडा अध्यक्ष के सीले धन्यवाद दिएका थिए । भने कार्यक्रममा महिला सदस्य मिना पाैडेलले स्वागत मन्तव्य राखेकी थिन् भने कार्यक्रम संचालन पब्लिक फाेरके टेलिभिजनका अमृत सुवेदिले संचालन गरेका थिए ।

 

तपाईको प्रतिक्रिया दिनुहोस्