पोखरा ।।
नेपाल अधिराज्यव्यापी रुपमा संगठन विस्तार गरेको मिजार समाज नेपालले स्थापना कालदेखि नै सम्पुर्ण मिजारहरुको हकहितका लागि महत्त्वपूर्ण कामहरु गर्दै आईरहेको छ ।
यही साउन ५ गते भएको सातौं जिल्ला सम्मेलनबाट रमेश सिकेको अध्यक्षतामा मिजार समाज कास्कीको नयाँ समिति चयन भएको थियो । उक्त समिति चयन पश्चात मिजार समाज कास्कीले यही साउन २० गते पहिलो बैठक पोखराको लेकसाइडको होटल जावा इनमा सम्पन्न गरेको छ ।
बैठक मिजार समाज कास्कीका अध्यक्ष रमेश सिकेको अध्यक्षतामा सम्पन्न भएको थियो भने बैठकमा नेपाल सरकार संविधान सभा सदस्य डिबी नेपाली प्रमुख अतिथि हुनुहुन्थ्यो, त्यसैगरी मिजार समाजका केन्द्रिय अध्यक्ष होमबहादुर नेपाली विशेष अतिथि हुनुहुन्थ्यो ।
बैठकमा मिजार समाजका केन्द्रिय समितिका शोभा नेपाली, भिम नेपाली, ज्ञानबहादुर नेपाली, राम बयलकोटी, बलबहादुर नेपाली, बुद्धिबहादुर मिजार लगायतका थुप्रै अग्रजहरुको पनि उपस्थिति थियो ।
बैठकमा जिल्ला समितिका वर्तमान कोषाध्यक्ष लक्ष्यबहादुर गैरेले सातौं जिल्ला सम्मेलनको आय-व्यय सार्वजनिक गर्नुभएको थियो । उक्त बैठकले पोखरा महानगरको मिजार समाजको संयोजकमा पत्रकार सुरेन नेपाली ‘सुरेश’ लाई तोकेको थियो भने माछापुच्छ्रे गाउँपालिकाको संयोजकमा पदम् नेपाल, सह-संयोजकमा आर्यन सिके, मादी गाउँपालिकाको संयोजकमा शेखरनाथ चर्मकार र अन्नपूर्णको संयोजकमा लक्ष्मण नेपालीलाई तोकेको थियो । बैठकका अध्यक्ष रमेश सिकेले अब तुरुन्तै मिजार समाजको आफ्नै भवन निर्माणका लागि पहल गर्ने बताउनु भएको थियो । मिजार समाजका केन्द्रिय अध्यक्ष होमबहादुर नेपालीले मिजार समाजको राष्ट्रिय सम्मेलन गरेर अब यसलाई राष्ट्रिय रुपमै संगठन विस्तारमा जोड दिने कुरा व्यक्त गर्नुभएको थियो । बैठकका प्रमुख अतिथि संविधान सभा सदस्य डिबी नेपालीले सम्पूर्ण मिजारहरुको हकहितका लागि अब मिजारहरु एकजुट भएर कानूनी लडाइँ लड्नुपर्ने कुरा व्यक्त गर्नुभएको थियो । बैठकको दौरानमा रु ९१,०००/- सहयोग रकम पनि संकलन भएको थियो ।
बैठक संचालन समाजका सचिव रोहित नेपालीले गर्नुभएको थियो ।