भावना र डेभिडको तीज गीत ‘घर आँगनमा नाच फरर’ सार्वजनिक
  • प्रमुख खबर

काठमाडौँ ।।

गायिका भावना आचार्य र गायक डेभिड शंकरको स्वरमा ‘घर आँगनमा नाच फरर’ बाेलकाे नयाँ तीज गीत भिडियो सहित सार्वजनिक भएको छ ।

सार्वजनिक उक्त तीज गीतमा गायिका भावनाकै शब्द तथा संगीत रहेको र भिडियोमा महानायक राजेश हमाल र मन्जु थापा रहेका छन् ।

भावना आचार्यका यसअघि बग्ने खोला, मुलको पानी, चट्ट रातो सारीमा, टिकटक चलाउने, ‘उडी उडी अा सुवा’ लगायतका गीतहरु लोकप्रिय छन् ।

त्यस्तै गायक डेभिडको पहिलो नम्बरमा,दर्शन सलाम जस्ता गीतहरु सफल छन्।

मौलिक शब्दहरु समाबेश यस गीतले दर्शक श्रोताको मन जित्नेमा गायिका आर्चाय ढुक्क रहेकी छन् ।

देबेन्द्र पाण्डेको निर्देशनमा बनेको भिडियोमा कोरियोग्राफी पनि निर्देशक पाण्डेकै रहेको छ । भिडियोको छायांकन उत्सब दाहालले गरेका हुन् ।

उक्त भिडियोलाई विकास दाहालले सम्पादन गरेका हुन् भने भिडियो ओएसआर डिजिटलको अफिसियल च्यानल मार्फत सार्वजनिक गरिएको छ ।https://m.youtube.com/watch?v=L7b0myflTZk

तपाईको प्रतिक्रिया दिनुहोस्