तिथिको घटबढका कारण रक्षाबन्धन, जनैपूर्णिमा र गाईजात्रा एकैदिन
  • प्रमुख खबर

काठ्माण्डौं ।।

नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले रक्षाबन्धन, जनैपूर्णिमा र गाईजात्रा भाद्र १४ गते विहिबार नै रहेको जनाएको छ । यस वर्ष तिथिको घटबढका कारण दुई दिन पर्ने पर्व एकै दिन परेको समितिले जनाएको हो ।

समितिले आज एक विज्ञप्ति जारी गरि यसपालि तिथि घटबढका कारण जनैपूर्णिमा र गाईजात्रा बिहीवार एकैदिन परेको जनाएको हो ।भोलि बिहीवार सूर्य उदयकालमा पूर्णिमा रहेका कारण यसैदिन जनैपूर्णिमा र रक्षाबन्धन मनाउन समितिले आग्रह गरेको हो ।

 

तपाईको प्रतिक्रिया दिनुहोस्