मिस्टर एण्ड मिस विश्वकर्मा इनटरकन्टीनेन्टल गण्डकी-२०२३ हुने
  • प्रमुख खबर

पाेखरा ।।

विब्रोस इन्टरटेन्मेन्टकाे अायाेजनामा मिस्टर एण्ड मिस विश्वकर्मा इनटरकन्टीनेन्टल गण्डकी-२०२३ हुने भएको छ ।

विश्वकर्मा समुदायको युवा युवतीहरूको प्रतिभा प्रस्फुटनसंगै उनीहरूलाई सामाजिक सेवामा अभिप्रेरित गराउनका लागि यस प्रतियोगिताकाे अायाेजना हुन लागेकाे अाज पाेखरामा पत्रकार सम्मेलनकाे अायाेजना गरि जानकारी दिएकाे छ ।

प्रतियोगिता गण्डकी प्रदेशमा बसोबास गर्ने विश्वकर्मा समुदायका युवायुवतीलाई लक्षित गरेर आयोजना गर्न लागिएको इभेन्ट इन्चार्ज बुद्धि वि.क.ले जानकारी दिएका छन् ।

प्रतियोगिताले विश्वकर्मा समुदायकाे उत्थानका लागि युवा युवतीलाई विभिन्न सामाजिक क्रियाकलापमा सहभागी गराइ उनीहरुकाे अात्मविश्वास बढाउन महत्त्वपूर्ण भूमिका खेल्ने उनले बताएका छन् ।

विश्वकर्मा समुदायका १६ देखि २९ वर्ष उमेरका अविवाहित युवायुवतीले प्रतियोगितामा भाग लिन सक्नेछन् ।

यस प्रतियोगिताकाे विजेताले नगद ५० हजार रुपैयाँसँगै काठ्माण्डाैंमा अायाेजना हुने तेस्रो संस्करणकाे मिस्टर एण्ड मिस विश्वकर्मा इनटरकन्टीनेन्टल सिजन थ्री मा सहभागी हुन पाउने अायाेजकले जनाएको छ ।

यस अगाडिका दुईवटा श्रृङखला काठमाण्डाैंमा मात्र केन्द्रित भए पनि यसपालि सबै प्रदेशमा प्रतियोगिता आयोजना गरेर त्यहाँबाट विजेता बनेकाहरूबिच काठमाडौँमा प्रतिष्पर्धा गराउन लागिएको आयोजकले बताएको छ ।

प्रतियोगिता सम्पन्न गर्न करिब ९ लाख ५० रुपैयाँ खर्च हुने पनि अायाेजकले जनाएको छ । त्यस्तै प्रतियोगिताबाट हुने अाम्दानीकाे केही प्रतिशत रकम मानव सेवा आश्रमलाई सहयाेग गर्ने र विश्वकर्मा संग्रहालय निर्माणका लागि टिकट बिक्रीकाे रकमबाट सहयाेग गर्ने भएको छ ।

यस प्रतियोगिताको फाइनल प्रतिष्पर्धा आगामी असोज २० गते पोखरामा भव्य कार्यक्रमको आयोजना गरेर गरिनेछ।

तपाईको प्रतिक्रिया दिनुहोस्