पोखरा ।।
“कला, साहित्य र संस्कृतिको जगेर्ना हाम्रो गन्तव्य” भन्ने मूल उद्धेश्यका साथ साहित्यको उर्वर भूमि पोखरा १६ बाटुलेचौरमा जनक कवि केशरी धर्मराज थापाको अध्यक्षतामा बि . सं . २०४५ सालमा शुक्ला साहित्य समितिको जन्म भयो । त्यसै समय देखी विभिन्न अारोह अबरोह पार गरी सहित्यलाई उजागर् गर्दै आउने क्रममा बि . सं . २०५७ साल देखि भव्य रूपमा महा मेला कृष्णजन्माष्टमी भजन प्रतियोगिता संचालन गर्दै आएको बर्तमान शुक्ला साहित्य प्रतिष्ठानका सचिब दिपेन्द्र बाँनियाले जानकारी दिनु भयो ।
यसै क्रम संगै अघि बढि रहदा बि . सं . २०७४ सालमा शुक्ला समितिबाट शुक्ला साहित्य प्रतिष्ठानमा रूपान्तर गर्न सफल भएको निबर्तमान शुक्लाका अध्यक्ष, सल्लाहकार र यस कृष्ण भजन प्रतियोगिताका अर्थ संयोजक कुल बहादुर खत्रीले जानकारी दिनु भयो । यस संगै सदाका बर्ष जसरी यस बर्ष २०८० भाद्र २० गते भव्य रूपमा महा मेला कृष्णजन्माष्टमी भजन प्रतियोगिता संचालन हुने हुदा सम्पूर्ण भक्तजनहरू कार्यक्रममा उपस्थित जनाई दिनु हुन आग्रह गर्दै अहिले सम्म २३ भजन समूहले नाम दर्ता गरेको बर्तमान शुक्लाका अध्यक्ष हरिबहादुर बरूवालले जानकारी दिनु भयो ।
बिगतका बर्षहरूमा भन्दा यस बर्ष प्रतिष्ठानले कृष्ण भजन प्रतियोगितामा पुरस्कार रासी बढाएको छ । प्रथम हुनेलाई नगद रू १००००० र प्रमाणपत्र, दितियलाई नगद रू ७५००० र प्रमाणपत्र त्यसै गरि तृतीय हुनेलाई नगद रू ५०००० र प्रमाणपत्र, सान्त्वनालाई नगद रू २५००० र प्रमाण प्रदान गरिने छ भने सहभागी समूहलाई ५००० र प्रमाणपत्र प्रदान गरिने छ । कार्यक्रमलाई सफल बनाउनका लागी विभिन्न उप- समिति गठन गरी तिब्रताका साथ अघि बढेको शुक्लाका सह सचिव कृष्ण भजन प्रतियोगिताका प्रचारप्रसार संयोजक संजय थापाले जानकारी दिनु भयो ।