विन्ध्यश्वरी क्लवको साधारण सभा सम्पन्न
  • प्रमुख खबर

पोखरा ।।

श्री विन्ध्येश्वरी युवा क्लब पोखरा १९ , तल्लाकोट ठाँटीले २६ औ वार्षिक साधारण सभा एक कार्यक्रमका विच कोटमौला मन्दिर परिसरमा सम्पन्न गरेको छ ।

क्लवका अध्यक्ष थमकुमार के.सीको अध्यक्षतामा भएको कार्यक्रमको उद्घाटन पोखरा मनपा वडा नं. १९ का जनप्रतिनिधि तथा क्लबका पूर्व अध्यक्ष विकास कुमार आचार्यले गर्नु भएको थियो ।उक्त कार्यक्रममा क्लवले २६ औ बसन्त पार गरेको उपलक्ष्यमा संस्थाले रजत जयन्ती मनाऊन मुल आयोजक समिति गठन गर्यो । थमकुमार केसीको संयोजकमा १५१ सदस्यीय मूल आयोजक समिति गठन गरी विभिन्न उपसमिति समेत गठन भएको छ ।क्लवले बिगतका वर्षमा झै यस वर्ष पनि महाशिवरात्रिको अबसर पारि विभिन्न प्रतियोगिता गर्ने भएको छ सोही अवसरमा रजतजयन्ती मनाउन लागेको क्लबका अघ्यक्ष थम कुमार केसीले जनाउनु भयो ।

सास्कृतिक, सामाजिक र रचनात्मक कार्यक्रम गर्दै आएको वलवले यस वर्ष बिबिघ कार्यक्रम सहित रजत जयन्ती मनाउन लागकोमा वडा सदस्य तथा क्लवका पूर्वका अध्यक्ष आचार्य खुसी ब्यक्त गर्दै युवाहरुले देस आमुल परिवर्तन गर्नका लागि जोस जागर स्वदेशमा नै लगानि गर्ने र उत्पादनमा जोडिनका निम्ति आग्रह गर्दै पुर्ण रुपमा सहयोग गर्ने प्रतिबद्धता जनाऊनु भयो | रजत जयन्ती कार्यक्रम फाल्गुन २२ गते उद्घाटन गरी २६ गते सम्म सन्चालन गरी चौथो दिनमा समापन गरिने छ। कार्यक्रमा अन्तर क्लब भलिबल प्रतियोगिता, सांस्कृतिक कार्यक्रम , डोरी तान्ने , नृत्य प्रतियोगिता, लगायत अन्य प्रतियोगिता हुनेछन कार्यक्रम सन्चालन गर्न आर्थिक ,नैतिक ,भौतिक रुपमा सहयोग गर्न क्लबका उपाध्यक्ष राम आचार्यले आब्हान गर्नु भयो ।

 

रजत जयन्ती कार्यक्रम सफलतापूर्वक सम्पन्न गर्न विभिन्न उपसमिति गठन गरिएको छ । जसमा स्मारिका प्रकाशन उप समिति संयोजकमा गोविन्द प्र. आचार्य ,सम्पादन मन्डल उपसमिति संयोजकमा मिनराज ढुड्गाना ,खोज तथा अनुसन्धान उपसमिति संयोजकमा बिकास कुमार आचार्य ,आर्थिक संकलन उपसमिति संयोजक मान वहादुर के सी , विज्ञापन संकलन उपसमिति संयोजक भोज वहादुर केसी ,खेल उपसमिति संयोजक नारायण केसी ,मन्च व्यवस्थापन उपसमिति संयोजकमा राजु केसीलाई चयन गरेको बताईएको छ।

 

कार्यक्रममा शुभकामना मन्तव्य क्लबका पुर्ब अध्यक्ष गोविन्द आचार्य, मिनराज, दुड्गाना ,शिव के.सी, होमनाथ बास्तोलाले राख्नुभयो ।कार्यक्रममा स्वागत मन्तब्य क्लबका उपाध्यक्ष राम आचार्य ले गर्नु भयो भने सन्चालन सचिब दिेपेन्द् ढुड्गानाले गर्नुभएको थियो ।

तपाईको प्रतिक्रिया दिनुहोस्