पोखरा महानगरपालिका राहत सामाग्रीलिई भूकम्प प्रभावित क्षेत्रतर्फ प्रस्थान
  • प्रमुख खबर

पोखरा ।।

शुक्रबार राति गएको भूकम्पका कारण सिर्जित ह्दयबिरादक घटनामा राहत तथा उद्धारमा विशेष सहयोग पुर्‍याउन पोखरा महानगरपालिकाको टीम प्रभावित क्षेत्रतर्फ प्रस्थान गरेको छ । वडा अध्यक्षद्वय साहारा प्रधान र राममोहन आचार्यको नेतृत्वमा स्वास्थ्यकर्मी, नगर प्रहरी सहितको टीम राहत तथा उद्धारका सामाग्री सहित प्रभावित क्षेत्रतर्फ प्रस्थान गरेको पोखरा महानगरपािलकाका प्रमुख धनराज आचार्यले जानकारी दिएका छन् ।

२ वटा सानो गाडी र १ ट्रक सहित १७ जनाको उद्धार टोली त्यसतर्फ प्रस्थान गरेको हो । टोली आवश्यकता अनुसार प्रभावित क्षेत्रमा राहत तथा उद्धार कार्यमा खटिने छ । टोलीले राहत सामाग्रीका रूपमा लत्ताकपडा, त्रिपाल, ब्याङ्केट र औषधी एवं उपचारका आवश्यक सामाग्री लिएर गएको आचार्यले खुलाए  ।

पहिलो चरणमा महानगरका नगरप्रमुख, उपप्रमुख लगायत अध्यक्ष तथा कार्यपालिका सदस्यहरूको १ महिनाको पारिश्रमिकबाट सोघभर्ना हुने गरी रु.१३ लाख १५ हजार बराबरको राहत सहयोग पठाइएको छ । थप सामाग्री र सहयोग महानगरपालिकाको बिपद कोषबाट खर्च बेहोरिने बताइएको छ ।

तपाईको प्रतिक्रिया दिनुहोस्